काठमाडौँ
नेपाल राष्ट्र बैंकबाट भुक्तानी प्रणाली सञ्चालकको अनुमतिपत्र प्राप्त संस्था स्मार्टच्वाइस टेक्नोलोजी लिमिटेड (एससीटी)ले २९ श्रावण २०८२ मा आफ्नो २४औं वार्षिकोत्सव सम्पन्न गरेको छ । उक्त वार्षिकोत्सवमा संचालक समितिका अध्यक्ष, संचालक समितिका सदस्यहरू, यस संस्थाका सदस्य बैंक तथा वित्तीय संस्थाका वरिष्ठ कर्मचारीहरूको उपस्थिति रहेको थियो ।
वार्षिकोत्सवमा संस्थाका प्रमुख कार्यकारी अधिकृत, मनोज शर्माले संस्थाले विगतमा गरेका उपलब्धि र भविष्यका योजना बारे प्रष्ट पार्नुभयो । तिनले विशेष गरेर संस्थाले दिन आएका कार्ड सेवा (एससीटी–युनियनपे कार्ड, भिसा कार्ड, नेपालपे कार्ड, आदि), मोबाइल बैंकिङ सेवा (स्मार्ट बैंकिङ), अन्तर बैंक भुक्तानी सेवा (स्मार्ट पे), क्यूआर भुक्तानी सेवा (स्मार्ट क्यूआर) र मर्चेन्ट व्यवस्थापन सेवा (स्मार्ट एमएमएस)मा हालसम्मका उपलब्धि र भविष्यका रणनीति प्रस्तुत गर्नुभयो ।
वार्षिकोत्सवमा संस्थाले हाल निर्माण गरेको नवीन सेवाहरू स्मार्ट क्यूआर साउन्डबक्स र एससीटी हबका बारेमा संस्थाका प्रमुख नवप्रवर्तन तथा विकास अधिकृत रतन अली मियाले प्रत्यक्ष प्रदर्शन गर्नुभयो । स्मार्ट क्यूआर साउन्डबक्स स्मार्टच्वाइस टेक्नोलोजीको नयाँ सेवा हो, जसबाट मर्चेन्टले आफ्नो सम्पूर्ण भुक्तानीको विवरण स्मार्ट क्यूआर साउन्ड बक्समार्फत सुन्न सक्नेछन् ।
स्मार्ट क्यूआर साउन्डबक्सलाई मर्चेन्टले आफ्नो वाइ–फाइ सँग जोडेर वा स्मार्ट क्यूआर साउन्डबक्समा आफ्नो सिम कार्ड राखेर नेटवर्कसँग जोडेर आफ्नो सम्पूर्ण भुक्तानी विवरण स्मार्ट क्यूआर साउन्डबक्स मार्फत विभिन्न भाषामा सुन्न सक्नेछन् । एससीटीले ल्याएको यस नयाँ सेवामा भुक्तानी हुने बित्तिकै आफ्नो खातामा ग्राहकबाट जम्मा भएको रकमबारे स्मार्ट क्यूआर साउन्डबक्स मार्फत जानकारी हुन्छ ।
साथै, एससीटी हब स्मार्टच्वाइस टेक्नोलोजीले आफ्नो सदस्य बैंक तथा वित्तीय संस्थाका लागि निर्माण गरेको नयाँ प्रविधि हो । जसबाट बैंक तथा वित्तीय संस्थाले एटिएम व्यवस्थापन (एटिएम म्यानेजमेन्ट), कार्ड व्यवस्थापन (कार्ड म्यानेजमेन्ट), विवाद व्यवस्थापन (डिस्प्युट म्यानेजमेन्ट), सचेतना व्यवस्थापन (अलर्ट म्यानेजमेन्ट), प्रयोगकर्ता व्यवस्थापन (युजर म्यानेजमेन्ट), रिपोर्ट जनरेसन लगायतका विभिन्न सेवा एक ठाउँबाट प्राप्त गर्न सक्नेछन् ।











प्रतिक्रिया