काठमाडौँ
मिस नेपाल सौन्दर्य प्रतियोगिताको आयोजक द हिडन ट्रेजरले यस वर्षको कार्यक्रममा ‘मिस कोस्मो’को सुरुवात गरेर इतिहास रचेको छ । मिस कोस्मोसँगको सहकार्यले नेपालमा विश्वको सबैभन्दा ठूलो क्लेफ्ट (ओठे तालु फुटेका) केन्द्रित संस्था स्माइल ट्रेनसँग एक प्रमुख अन्तर्राष्ट्रिय पहल भित्रिएको छ ।
स्माइल ट्रेनले विश्वभरका बालबालिकालाई निःशुल्क क्लेफ्ट शल्यक्रिया र हेरचाह गर्न स्थानीय चिकित्सकलाई तालिम, कोष र आपूर्ति प्रदान गर्दछ । बर्जर पेन्ट्सले मिस कोस्मोसँगको सहकार्यले सुरक्षित र किफायती क्लेफ्ट उपचार बारेमा जागरूकता जगाउने लक्ष्य राखेको छ, यसले हजारौं बालबालिकाका आत्मविश्वासका साथ मुस्कुराउन प्रेरित गर्दछ ।
यस महान उद्देश्यको सहकार्यमा, बर्जर पेन्ट्सले एक विशेष अन्तरक्रिया सत्र क्लेफ्ट पीडित बालबालिकाप्रति समर्पित रहेर कार्यक्रम गरेको छ । बर्जर पेन्ट्सले मिस नेपाल २०२५ को अन्तिम प्रतियोगीसँगै रमाइलो, हेरचाह र रचनात्मकता तरिकाले भरिपूर्ण आधा दिनको गतिविधि सञ्चालन गरेको छ ।
यस कार्यक्रममा उपस्थित बालबालिकाले कलाका किताब रंगाउँदै रमाइलो गरे भने उनीलाई विभिन्न परिकार र उपहार पनि प्रदान गरिए । साथै बालबालिकाले मिस नेपाल २०२५का अन्तिम प्रतियोगीसँग आत्मीय र हर्षित समय बिताउन अवसर प्रदान गर्नेछ ।
बर्जर पेन्ट्सले द हिडन ट्रेजर तथा मिस कोस्मोसँग यस मनकारी कार्यमा सहभागी भइ, मानसिक आत्म सन्तुस्ठी तथा खुसी प्रदान गरेको छ ।
उद्देश्य र सौन्दर्यको यस मधुर संयोजनसँगै बर्जर पेन्ट्स सदैव स्माइल ट्रेनको मुलमन्त्र“विश्वलाई परिवर्तन गर्दै, एक पटकमा एक मुस्कान“लाई आत्मसाथ गरी अगाडी बढ्छ ।











प्रतिक्रिया