यातायातबाट ३१ करोड राजश्व


सुर्खेत ।

यातायात व्यवस्था कार्यालय सुर्खेतले झन्डै ३१ करोड राजश्व संकलन गरेको छ । कार्यालयले गएको आर्थिक वर्ष २०८१÷८२ मा २८ करोड ८७ लाख बढि राजश्व प्रदेश सरकारलाई बुझाएको जनाएको छ ।

यस्तै संघीय सरकारलाई १ करोड ६५ लाख बढि राजश्व उपल्बध गराईएको जनाएको छ । अघिल्लो आर्थिक वर्ष २०८० र ०८१ मा २७ करोड २२ हजार ८ सय ६७ रुपियाँ राजश्व भएको कार्यालयले जनाएको छ । अघिल्लो आर्थिक वर्षको तुलनामा यो वर्ष बढि राजश्व संकलन भएको कार्यालयले जनाएको छ ।

कार्यालयले यातायात क्षेत्रको आम्दानी, चालक अनुमति पत्र, सवारी दर्ता सम्बन्धी दस्तुर, सवारी साधन कर, प्रशासनिक दण्ड जरिवाना, अन्य प्रशासनिक सेवा शीर्षकमा कर संकलन गर्दै आएको छ । ती मध्य सबैभन्दा बढी सवारी साधन करबाट राजश्व संकलन गरेको हो। यस वर्ष अघिल्लो आर्थिक वर्षको तुलनामा बढी राजश्व संकलन भएको कार्यालय प्रमुख मुकुन्दनाथ योगीले जानकारी दिनुभयो । सवारी अनुमति पत्रको दर्ता, नवीकरण र राजस्व संकलन गर्दै आएको छ ।