काठमाडौं ।
प्राकृतिक विपद्ले नेपालको अर्थतन्त्रमा ठूलो असर पारेको अध्ययनमा देखिएको छ । अर्थ मन्त्रालयको ‘फिस्कल रिक्स स्टेटमेन्ट एन्ड स्ट्राटेजी’ अनुसार पछिल्लो दशकमा आएको बाढी, पहिरो, डुबान र भूकम्पले करिब ९ खर्ब १४ अर्ब रुपियाँ बराबरको क्षति पुर्याएको छ ।
आइएमएफका तथ्यांकअनुसार सन् २०१७–२०२४ का बाढी र भूकम्पले ५८ अर्बदेखि १ खर्ब १८ अर्बसम्मको आर्थिक क्षति गरेको देखिन्छ । विशेष गरी भूकम्पले नेपालको जीडीपीको २२ दशमलव ८ प्रतिशत बराबर क्षति पुर्याएको थियो ।
नेपाल सरकारले प्राकृतिक प्रकोप जोखिम न्यूनीकरण र व्यवस्थापनका लागि बहुपक्षीय रणनीति अपनाएको छ । चालूू आर्थिक वर्षको बजेटमा प्रकोप प्रतिरोधी पूर्वाधार, चेतावनी प्रणाली विकास, नदी नियन्त्रण कार्यक्रम र प्रभावित क्षेत्रका सिँचाइ प्रणाली तथा सार्वजनिक पूर्वाधारको पुनर्निर्माणका लागि करिब २४ अर्ब रुपियाँ विनियोजन गरिएको छ ।
सरकार संघीय, प्रादेशिक र स्थानीय स्तरमा समर्पित कोषमार्फत बहुस्तरीय प्रकोप वित्तीय प्रणाली सञ्चालन गर्दैछ ।











प्रतिक्रिया