काठमाडौं ।
भारतले थप १७५ मेगावाटको विद्युत् निर्यातको अनुमति दिएसँगै नेपालबाट बिजुली निर्यातको सीमा १ हजार २२५ मेगावाट पुगेको छ । ८११ मेगावाट मात्र निर्यात गर्न पाइनेमा सोमबार २०० मेगावाट निर्यातको चार वर्षे सम्झौता भएको छ, बुधबार मध्यकालीन सम्झौताका लागि थप १७५ मेगावाटको स्वीकृति भएको जानकारी आएको लिखित आउन बाँकी रहेको प्राधिकरणका अधिकारीहरूले जानकारी दिए ।
यस वर्षसाउन २६ देखि कात्तिक १४ गतेसम्म ८२ दिन भारतले बिजुली किन्नेछ ।पछिल्लो सम्झौताअन्तर्गत लिखु–२, लिखु खोला ए, लोअर सोलु, ठूलो खोला, सुपर काबेली खोला ए र सुपेर काबेली खोलाबाट उत्पादन भएको बिजुली निर्यात हुनेछ । नेपालले बंगलादेशमा पनि ४० मेगावाट बिजुली निर्यात गरेको छ ।
गत आर्थिक वर्षमा भारत र बंगलादेशलाई गरी करिब १७ अर्ब ४५ करोड रुपियाँको बिजुली बिक्री भएको थियो ।
नेपालको जडित विद्युत क्षमता ३,६०० मेगावाट नाघेको छ, तर पिक आवरमा माग २,३०० मेगावाट हाराहारीमा मात्र छ । बर्खामा बढी भएको बिजुली मुख्यतः भारतमा बिक्री हुने गर्छ । नेपाल–भारतबीच १० वर्षमा १० हजार मेगावाट निर्यात गर्ने दीर्घकालीन सम्झौता भइसकेको छ ।











प्रतिक्रिया