काठमाडौँ
माउन्ट एभरेष्ट डिष्टिलरी लिमिटेडले प्राथमिक शेयर निष्काशन (आइपिओ) गर्ने तयारी गरेको छ । यसका लागि कम्पनीले सिद्धार्थ क्यापिटल लिमिटेडलाई निष्काशन तथा बिक्री प्रबन्धकको रूपमा नियुक्त गरेको छ । कम्पनीले कुल १२ लाख ५० हजारकित्ता शेयर सर्वसाधारणमा निष्काशन गर्न लागेको हो । यस सम्बन्धमा २०८२ साल श्रावण २८ गते, काठमाडौंको नक्सालस्थित सिद्धार्थ क्यापिटल लिमिटेडको कार्यालयमा दुबै पक्षबीच औपचारिक सम्झौता सम्पन्न भएको हो ।
सम्झौतापत्रमा माउन्ट एभरेष्ट डिष्टिलरी लिमिटेडका प्रबन्ध सञ्चालक तीशकुमार कर्ण र सिद्धार्थ क्यापिटल लिमिटेडका प्रमुख कार्यकारी अधिकृत सन्दिप कार्कीले हस्ताक्षर गर्नुभएको छ ।
वि.स. २०६५सालमा स्थापना भएको माउन्ट एभरेष्ट डिष्टिलरीे लिमिटेलले हाल ब्लेन्डेड मदिरा, अन्नबाट उत्पादित इ.एन.ए. स्पिरिट, डिस्टिलर्स वेट ग्रेन सोल्युबल उत्पादन गर्दै आइरहेको छ । कम्पनीको कर्पोरेट कार्यालय काठमाडौंमा रहेको छ भने कारखाना टिकुलीगढ, तिलोत्तमा–१४, रुपन्देहीमा रहेको छ ।
यस कम्पनीको स्पिरिट उत्पादन क्षमता प्रतिदिन १० किलोलीटर र बोटल बन्द गर्ने क्षमता प्रतिदिन ३,००० केस रहेको छ । कम्पनीले हाल७० अप र ५० अपअन्तर्गतका आफ्नै ब्रान्ड उत्पादन तथा बजारमा बिक्री गरिरहेको छ, जसले क्षेत्रिय बजारमा मजबुत बिक्री प्रदर्शन र ब्रान्ड पहिचान बनाएको छ । कम्पनीले शिघ्रै प्रमियम २५ अप ३० अप र ४० अपअन्तर्गतका मदिरा ब्रान्ड बजारमा ल्याउने योजना रहेकोछ ।











प्रतिक्रिया