काठमाडौँ
बैंकिङ, फाइनान्स एण्ड इन्स्योरेन्स इन्स्टिच्युट अफ नेपाल लिमिटेड (बिएमआइएन)ले आफ्नो सातौँ वार्षिकोत्सवको अवसरमा सन् २०२५ अगस्त १४ गते काठमाडौंको ¥याडिसन होटलमा “ग्लोबल इकोनोमिक एण्ड टेक्नोलोजिकल ल्याण्डस्केपः स्ट्रेन्थेनिङ ग्रोथ, इन्स्योअरिङ स्टेबिलिटी, एण्ड इम्ब्रेसिङ इन्नोभेशन” भन्ने विषयवस्तुमा अन्तर्राष्ट्रिय सम्मेलन आयोजना गर्न लागेको छ । भिसा इन्क र एनसेल बिजनेसको सहकार्यमा हुने यस सम्मेलनमा नेपाल र विदेशका नीति निर्माताहरु, उद्योगपति, र विज्ञहरु सहभागी हुनेछन्।
सम्मेलनको उद्घाटन राष्ट्रिय योजना आयोगका सदस्य डा. प्रकाशकुमार श्रेष्ठले गर्नेछन् भने नेपाल राष्ट्र बैंकका सञ्चालक समितिका सदस्य चिन्तामणि शिवाकोटी र डा. रविन्द्र प्रसाद पाण्डे विशेष अतिथि रहनेछन् ।
कार्यक्रममा भिसा इन्कका उपाध्यक्षआनन्द झा, आईसिमोडकी उपमहानिर्देशक इजाबेला कोजिएल, अष्ट्रेलियाको भिक्टोरिया विश्वविद्यालयकी प्रोफेसर एमेरिटस एनना आर्मस्ट्रङ, जर्मनीको आइयु इन्टरनेशनल विश्वविद्यालयका प्रो. डा. जर्ज बौचे, श्रीलंकाका प्रोफेशनल बैंकर्स एशोसिएशनका अध्यक्ष एन्टन अरुमुगाम, अमेरिकाको क्रस रिभर बैंकका प्रमुख डेटा तथा एआई अफिसर श्री प्रवेश रिजाल, अष्ट्रेलियन फाइनान्सियल कम्प्लेन्ट्स अथोरिटीकी उप प्रमुख ओम्बुड्सम्यान डा. जुन स्मिथ, ग्लोबल ग्रीन ग्रोथ इन्स्टिच्युटको नेपाल तथा पाकिस्तानका प्रतिनिधि लॉरा जलास्जोकी, र भारतको माइक्रोफाइनान्स इन्डस्ट्री नेटवर्क को उपाध्यक्ष शीतल जैन लगायतका वक्ताहरुले आफ्नो विचार प्रस्तुत गर्नेछन्। साथै, नेपालका विभिन्न वाणिज्यिक तथा विकास बैंकका कार्यकारीहरु र बीमा क्षेत्रका विज्ञहरुले समेत आफ्ना अनुभव र ज्ञान साझा गर्नेछन् । प्रत्येक सत्रको संयोजन नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशकहरू डा. गुणाकर भट्ट, गुरुप्रसाद पौडेल र डा. रामशरण खरेलले गर्नेछन् ।
यस सम्मेलनले विश्व आर्थिक तथा प्रविधिक परिवेशमा उत्पन्न चुनौती र अवसरबारे छलफल गर्दै वृद्धि सुदृढ गर्ने, स्थिरता सुनिश्चित गर्ने र नवप्रवर्तनलाई आत्मसात गर्ने रणनीतिहरूमा केन्द्रित रहनेछ । कार्यक्रममा शीर्ष प्रायोजकका रूपमा भिसा इन्क र एनसेल बिजनेस रहेका छन् भने सह–प्रायोजक तथा सहयोगी साझेदारका रूपमा आईसिमोड, वरुण बेभरेजेस नेपाल, सुर्य ज्योति लाइफ इन्स्योरेन्स, नेपाल एसबीआई बैंकलगायतका प्रतिष्ठान छन् । अन्य बैंक तथा वित्तीय संस्थाहरु, बीमा कम्पनी, विकास बैंक, तथा उद्योग संघ–संस्थाहरुले पनि यस अवसरमा योगदान गरेका छन । सम्मेलनमा सहभागीमाझ विभिन्न पुरस्कार वितरणको व्यवस्थासमेत गरिएको छ, जसले यो अवसरलाई थप रोचक र स्मरणीय बनाउनेछ ।











प्रतिक्रिया