काठमाडौं ।
राप्रपा निकट राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनको काठमाडौं जिल्ला अधिवेशन झडपपछि स्थगित भएको छ।
बिहीबार काठमाडौंमा जारी अधिवेशनको क्रममा दुई पक्षबीच हातापाइ र कुर्सी हानाहानसमेत भएपछि वातावरण तनावग्रस्त बनेको थियो। परिस्थिति नियन्त्रण गर्न सुरक्षाकर्मी परिचालन गरिएको थियो।
घटनापछि राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनले तत्काल अधिवेशन स्थगनको घोषणा गरेका हुन्। उनले संगठनभित्रको आन्तरिक विवाद समाधान नगरी अधिवेशन सञ्चालन नगर्ने स्पष्ट संकेत दिएका छन्।
यसअघि अधिवेशनमा नेतृत्व चयनका विषयमा दुई पक्षबीच मतभेद बढेको र त्यसकै कारण झडप भएको बताइएको छ। अधिवेशनको नयाँ मिति पछि तय गरिने जनाइएको छ।











प्रतिक्रिया