लेमिनार टायल्सको नयाँ डिलर शोरूम खुल्यो


काठमाडौं ।

टायल्स उत्पादक कम्पनी लेमिनार टायल्सले काठमाडौंको थलीमा नयाँ विशेष डिलर शोरूम सञ्चालनमा ल्याएको छ ।
थलीस्थित सुपर सप्लायर्स प्रा.लि.लाई आधिकारिक डिलरका रूपमा नियुक्त गर्दै कम्पनीले शुक्रबार एक औपचारिक समारोहबीच ‘एम्पोरियो’ श्रेणीअन्तर्गतको शोरूम उद्घाटन गरेको हो ।

लेमिनार टायल्सका निर्देशक श्याम खेतानले कम्पनीले देशभर सय भन्दा बढी विशेष शोरूम स्थापना गर्ने लक्ष्यसहित अघि बढिरहेको जानकारी दिनुभयो । अर्का निर्देशक आशुतोष खेतानले लेमिनार टायल्स बलियो, टिकाउ र अन्य टायल्सभन्दा ब्रेकिङ स्ट्रेन्थ तथा लोड बियरिङ क्षमता धेरै रहेको दाबी गर्नुभयो ।