विशाल बजार कम्पनी ५७औं वर्षमा प्रवेश


काठमाडौं ।

विशाल बजार कम्पनी ५७औं वर्षमा प्रवेश गरेको छ । कम्पनीले वार्षिकउत्सवमा विभिन्न कार्यक्रम गरी मंगलबार मनाएको छ । कम्पनीले बजार क्षेत्र वरपर सरसफाई गर्नुका साथै मानव सेवा आश्रम सामाखुसीमा खाद्यान्न सामग्रीहरू वितरणसमेत गरेको छ ।

महानगरीय प्रहरी जनसेवा, ट्राफिक प्रहरी जनसेवा, विशाल बजार व्यापार संघ, लायन्स क्लब अफ काठमाडौँ लियो क्लब अफ काठमाडौँ कम्पनीका कर्मचारी तथा पूर्वकर्मचारीहरू समेतको उपस्थिति रहेका थिए । सरसफाई कार्यक्रम सम्पन्न भएपश्चात कम्पनीले सामाजिक उत्तरदायित्वअन्तर्गत उक्त सहयोग गरेको हो ।

उक्त कार्यक्रममा कम्पनीका प्रबन्ध सञ्चालक हिक्मतबहादुर भण्डारी प्रशासन शाखाका प्रमुख निमानकर्मी देवेन्द्रवीर जोशी राजकुमार केसीलगायतका कर्मचारीहरूको उपस्थिति रहेको थियो ।