मलखाध अभाव परिपूर्ति गर्न प्रधानमन्त्रीको तीन बुँदे निर्देशन


काठमाडौं ।

 प्रधानमन्त्री केपी शर्मा ओलीले कृषि मल व्यवस्थापन र उत्पादनवृद्धिबारे आज तीन बुँदे निर्देशन दिएका छन् । सिंहदरबारमा कृषि र उद्योग मन्त्रीसहित सम्बद्ध अधिकारीसँग  गहन छलफलपछि प्रधानमन्त्री ओलीले तीन दिनभित्र सम्पादन गर्ने गरी तीन बुँदे निर्देशन दिएका हुन् । 

 प्रधानमन्त्रीको सचिवालयका  अनुसार प्रधानमन्त्रीको ३ बुँदे निर्देशन यस्तो रहेछ।

 १. रासायनिक मलको आपूर्ति व्यवस्था चुस्त दुरुस्त गराउन नयाँ ढाँचासहितको ठाेस योजना ल्याउनुस् ।

२. कम्पाेष्ट र अर्ग्यानिक मलको उत्पादन र प्रयोगका लागि राष्ट्रिय अभियान सञ्चालन तथा यसमा अनुदान नीतिको प्रस्ताव ल्याउनुस् ।

३. माटाेकाे उर्वरता बचाउने खालको रासायनिक मल कारखाना नेपालमै खोल्न अध्ययनको खाका ल्याउनुस् ।