साउन २७ गते मंगलबार, यस्तो छ तपाईंको राशिफल


मेष : बिहानको समय शुभ भएकाले लाभ होला । त्यसपछि भने स्वास्थ्य समस्या, खर्च वृद्धि हुन सक्छ ।

वृष : तपाईंका लागि दिन उत्तम छ । साने प्रयासमा कार्य सफलता, सुख–समृद्धि, लाभ हुने देखिन्छ ।

मिथुन : बिहान राज्यबाट भय होला । त्यसपछि समय शुभ भएकाले कार्य सिद्धि, सुख–सन्तोष होला ।

कर्कट : दिन अनुकूल देखिँदैन । रोगव्याधि, राज्य भय, नोक्सानी, मान–सम्मानमा आघात हुन सक्छ ।

सिंह : शुरुमा लाभ भए पनि दिनभर कष्ट, कार्य बाधा, अस्वस्थता हुन सक्छ । सतर्क रहनुहोला ।

कन्या : तपाईंका लागि दिन अनुकूल भएकाले आर्थिक लाभ, विजय, प्रेमप्रसंगमा सफलता होला ।

तुला : शुरुमा काममा बाधा–व्यवधान होला तर दिनभर पारिवारिक सुख, लाभ, सन्तोष हुने देखिन्छ ।

वृश्चिक : दिन शुभ देखिँदैन । स्वास्थ्य समस्या, पारिवारिक विवाद, कार्य असफल, धन हानि हुन सक्छ ।

धनु : बिहान लाभ, प्रसन्नता होला । त्यसपछि भने दौडधूप, विवाद, पेट गडबड हुने सम्भावना छ ।

मकर : बिहान मन अस्थिरता हुन सक्छ । त्यसपछि आर्थिक लाभ, पराक्रम, मान–सम्मान होला ।

कुम्भ : बिहान उत्तम भोजन प्राप्ति होला । दिनभर भने अस्थिरता, असन्तुष्टि हुने सम्भावना छ ।

मीन : शुरुमा धन नाश हुन सक्छ । त्यसपछि दिनभर नै कार्य सफल, उपहार, खाद्य लाभ हुने देखिन्छ ।