मुगुबाट ७४ मेट्रिकटन सिमी बिक्री


मुग ।

जिल्लाबाट चालु आर्थिक वर्षमा ७४ मेट्रिकटन सिमी बिक्री भइसकेको छ । राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाइका अनुसार यस वर्ष ८० मेट्रिकटन सिमी निर्यात गर्ने लक्ष्य राखिएको छ।

गत वर्ष जिल्लाबाट सिमी, चिनो, काउनो, रातो चामल, फापरलगायतका अन्नबाली गरी चार करोड रुपियाँ बराबरका खाद्यवस्तु अन्य जिल्लामा बिक्री भएका थिए। कार्यक्रमअन्तर्गत सिमी ढुवानीमा किसानलाई ५० प्रतिशत अनुदान दिँदै आएको छ । गत वर्ष ४ लाख ९० हजार रुपियाँ ढुवानी अनुदान दिइएको थियो ।

यस वर्ष सिमी ढुवानी अनुदानका लागि पाँच लाख र अन्य बालीका लागि तीन लाख रुपैयाँ विनियोजन गरिएको छ। स्थानीयस्तरमा उत्पादन पर्याप्त भए पनि यातायात र बजार पहुँच नहुँदा किसानले सस्तोमा बिक्री गर्नुपर्ने बाध्यता रहेको जनाइएको छ।