काठमाडौं ।
टाटा मोटर्सको आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले साउन २५ गतेसम्म “टाटा ईभी अटो कार्निभल” नामक विशेष कार्यक्रम नेपालभरिको शोरुम मा आयोजना गरेको छ ।
यस कर्निभलमा ग्राहकले जुनसुकै ब्रान्डका पुराना गाडी साटेर टाटा ब्राण्ड अन्तर्गतका अत्याधुनिक प्रविधियुक्त विद्युतीय गाडी जस्तै टियागो ईभी, कर्भ र्ईभी, नेक्सन के ३ ईभी, र पन्च ईभी एक्सचेन्ज तथा खरिद गर्न सक्नेछन् ।
“टाटा ईभी अटो कार्निभल” कार्यक्रम अन्तर्गत ग्राहकहरूले एक वर्षको अटोप्लस बीमा, वार्षिक सवारी कर, निःशुल्क एसेसरिज, वारेन्टी अवधिभर निःशुल्क चार्जिङ सेवा, होम चार्जिङ बक्ससहितको जडान, र एम्बोस्ड नम्बर प्लेट जस्ता सुविधा निःशुल्क प्राप्त गर्न सक्नेछन् ।











प्रतिक्रिया