काठमाडौं ।
अग्नि ग्रुप अन्तर्गतको कम्पनी अग्नि मोटो–इन्क प्रालिले नाइमा मोबिलिटी एक्स्पो २०२५ मा नयाँ विद्युतीय स्कुटर ब्रान्ड ‘बिगस’ नेपाली बजारमा सार्वजनिक गरेको छ । प्रोडक्ट लञ्च कार्यक्रममा अग्नि ग्रुपका अध्यक्ष क्याबिनेट श्रेष्ठ, कलाकार कविता नेपालीलगायतको उपस्थित थियो ।
अग्नि ग्रुपले बीजीका दुई मोडेल—बीजी आरयुभी ३५० र बीजी सि १२ बजारमा ल्याएको छ । यी मोडेलहरू सहरी तथा दैनिक यात्राका लागि उच्च प्रदर्शन दिने, सुरक्षात्मक विशेषताले भरिएका र आधुनिक प्रविधियुक्त विद्युतीय स्कूटरका रूपमा प्रस्तुत गरिएको छ । बीजी आरयुभी ३५० दुई भेरियन्टमा उपलब्ध छन् । आरयुभी ३५० आई–ई–एक्स (रू. २७९,४००) र आरयुभी म्याक्स (रू. ३२५,३००) । त्यस्तै बीजी सि१२ पनि दुई भेरियन्टमा छ—सि१२ आई–ई–एक्स (रू. २२८,४००) र सि१२ म्याक्स ३.० (रू. ३०४,९००) ।
बीजी आरयुभी ३५० लाई कम्पनीले ‘इलेक्ट्रिक स्कूटरको ठूलो दाजु’का रूपमा वर्णन गरेको छ । यसमा १६ इञ्चको ठूलो एलोय ह्विल, १६० मि.मि. ग्राउन्ड क्लियरेन्स, ट्युब्युलर च्यासिस फ्रेम र फुल मेटल बडी जस्ता विशेषता छन् ।











प्रतिक्रिया