काठमाडौँ ।
पञ्चकन्या समूहले जर्मन प्रविधिमा आधारित रंगीन लेमिनेटेड युपीभीसी प्रोफाइल (झ्याल–ढोकाको फ्रेम बनाउने मुख्य संरचना)’ पञ्चकन्या डिमेक्स युपीभीसी बजारमा ल्याएको छ । नेपालमा रंगीन युपीभीसी उत्पादन गर्ने पञ्चकन्या पहिलो हो ।
झ्याल, ढोका र पाइपजस्ता सामग्री बनाउन प्रयोग गरिने कडा र टिकाउ युपीभीसी (अनप्लास्टिसाइज्ड पोलिभिनाइल क्लोराइड) हो । पञ्चकन्या डिमेक्स प्रालिका अध्यक्ष उज्ज्वल श्रेष्ठले नेपालमै विश्वस्तरीय निर्माण सामग्री उत्पादन गर्ने आफ्नो सपना साकार भएको बताउनुभयो ।

हालै औपचारिक उद्घाटन अहिले भए पनि पञ्चकन्या डिमेक्सका उत्पादनहरू सन् २०२४ बाटै बजारमा उपलब्ध भइसकेका थिए । कम्पनीले आर्थिक वर्ष २०८१|८२ मा नेपालको करिब २० प्रतिशत बजार हिस्सा हासिल गरिसकेको जनाएको छ ।
पञ्चकन्या डिमेक्स युपीभीसी पञ्चकन्या समूह र रितेश सिलवाल तथा नारायण केसीको साझेदारीमा स्थापना भई भैरहवामा स्थापना भएको उद्योगमा करिब ८० करोड रूपियाँ लगानी भइसकेको छ । नेपाल युपीभीसीका लागि चीन र भारतबाट हुने आयातमा निर्भर रहेको अवस्थामा, पञ्चकन्या डिमेक्सले स्वदेशी माग पूरा गर्ने लक्ष्य राखेको छ । यसबाट स्वदेशमा रोजगारी सिर्जना हुनका साथै युपीभीसीमा अत्मनिर्भर हुने पनि कम्पनीले जनाएको छ ।

नेपालको सबैभन्दा ठूलो युपीभीसी उत्पादन कारखाना भएकाले हाल यसको उत्पादन क्षमता ६ हजार टन रहेको छ । अहिले नेपाली बजारमा वार्षिक १३ हजार टन युपीभीसी उपयोग हँुदै आएको छ । यसमध्ये १० हजार टन विदेशबाट आयातित हो भने ३ हजार टन नेपालमा उत्पादन हुन्छ ।

पञ्चकन्या डिमेक्स हाल खरानी, कालो, गाढा खैरो र सुनौलो खैरो गरी चार रङमा उपलब्ध छ । यी उत्पादनमा २० वर्ष (प्रिमियम सिरिजमा) र १५ वर्ष (इकोनोमिक सिरिजमा) को वारेन्टी प्रदान गरिएको छ । कम्पनीले विश्वका प्रख्यात उद्योगबाट रेजिन र केमिकल आयात गरी युरोपेली मापदण्ड र जर्मन प्रविधिअनुसार उत्पादन गरेको जनाएको छ । उत्पादनले भारतीय आईओएस र युरोपेली एसकेजेट ल्याब परीक्षण पास गरेका छन् ।
उपभोक्ताले झ्याल ढोकाको फ्रेम बनाउने मुख्य संरचनालाई नबुझ्नु मुख्य चुनौती रहेको पञ्चकन्या डिमेक्सका प्रबन्ध निर्देशक रितेश सिलवालले बताउनुभयो । उपभोक्ताले झ्याल र ढोकामा मात्र ध्यान केन्द्रित गर्छन् । यसबाहेक फेब्रिकेसन उद्योगमा प्राविधिक ज्ञानको कमी पनि अर्को चुनौती हो । यसले गर्दा राम्रो प्रोफाइल प्रयोग गर्दा पनि गुणस्तरीय झ्याल नबन्न सक्छ । यो समस्या समाधान गर्न पञ्चकन्या डिमेक्सले नयाँ रणनीति अपनाएको छ ।
कम्पनीले फेब्रिकेटरलाई मेसिन छनोट, प्रोफाइल काट्ने र जोड्ने विधिका साथै उचित गुणस्तरको सिलिकन प्रयोग र रिइन्फोर्समेन्ट (झ्याल–ढोका मजबुत बनाउन प्रयोग गरिने भित्री संरचना) को महत्वबारे प्रशिक्षित गर्ने जनाइएको छ । यसबाट भविष्यमा बजारबाट आउनसक्ने गुनासो कम गर्न मद्दत गर्ने कम्पनीको विश्वास छ । कम्पनीले यस आर्थिक वर्ष चार नयाँ ब्रान्डहरू सार्वजनिक गरेको छ ।
यसलाई इकोनोमिक, मिडियम र प्रिमियम गरी विभिन्न सिरिजमा वर्गीकरण गरिएको छ । यिनको गुणस्तर र मूल्य फरक छ । यसको मुख्य शोरूम ललितपुरको जावलाखेलमा छ भने सहायक शोरूम झम्सिखेलमा छ ।
आगामी आर्थिक वर्षमा नयाँ डिजाइनहरू ल्याउने र कारखानालाई पूर्णस्वचालित बनाउन थप २० करोड रूपियाँ लगानी गर्ने योजना छ । भविष्यमा कम्पनीले ग्लास (सिसा) उद्योगमा पनि प्रवेश गर्नेबारे छलफल गरिरहेको छ ।
मूल्य कति पर्छ ?
पञ्चकन्या डिमेक्सको मूल्य प्रतिवर्गफिट एक हजार रुपियाँ तोकिएको छ । इकोनोमिक गुणस्तरमा नियोप्लास्ट र टोनिस ब्रान्डको मूल्य भने प्रतिवर्गफिट ७५० रुपियाँ तोकिएको छ । यो आयातित युभीपीसीको मूल्यसरह हो । रंगीन युभीपीसीको मूल्य भने प्रतिवर्गफिट १३ सयदेखि १५ सय रुपियाँसम्मका रहेका छन् ।
डिमेक्स नै किन रोज्ने ?
उद्योगले प्रिमियम र रंगीन युभीपीसीमा २० वर्षको वारेन्टी दिने भएको हुनाले पनि डिमेक्स गुणस्तरीय रहेको कम्पनीले दाबी छ । इकोनोमिक युभीपीसीमा १५ वर्षको वारेन्टी छ । यसका ग्यास्टेकमा समेत २० वर्षको वारेन्टी उपलब्ध छ । जडान गरेपछि हावापानी पस्न नदिने टिपीई ग्यास्केट प्रविधि यसमा प्रयोग गरिएको छ ।
पञ्चकन्या डिमेक्सको उत्पादन जर्मनको ‘स्युड–डोइचेसकुन्स्ट–स्टोफ सेन्र्टुम’(एसकेजेड) अनुसन्धान केन्द्रले गुणस्तरीयताको प्रमााणीकरण गरेको छ । कम्पनीका अनुसार यो ‘साउन्ड प्रुफ’ र तामक्रमसमेत सन्तुलनमा राख्छ । साथै यसमा प्रयोग हुने टीपीई ग्यासकेट (रबर) हो । जुन अन्तर्राष्ट्रिय गुणस्तरको भएकाले अरु जस्तो छिटै टुटफुट नहुने, नबिग्रिने र लामो समयसम्म टिकाउ हुने दाबी गरिएको छ । पर्यावरणमैत्रीसँगै ‘लिड फ्री’ (हरित निर्माण)समेत रहेको छ ।











प्रतिक्रिया