मार्टाले हालै ब्राजिललाई कोपा अमेरिका फुटबल प्रतियोगिताको उपाधि दिलाउन महत्वपूर्ण भूमिका खेलिन् । फाइनलमा कोलम्बियालाई हराएर उपाधि जित्दा ब्राजिलको लागि उनले दुई पनि गोल गरिन् । ३९ वर्षको उमेरमा पनि उनले राम्रो प्रदर्शन गर्दै टोलीको उपाधि जित्न महत्वपूर्ण भुमिका खेलकी थिइन् ।
मार्टालाई ब्राजिलका पुरुष खेलाडीसँग तुलना गर्दा पनि उनी अब्बल नै छिन् । उनले हालसम्म ब्राजिलका लागि १ सय २० अन्तर्राष्ट्रिय गोल गरेकी छन् । जबकी ब्राजिलका लागि कोही पनि पुरुष फुटबलरले १ सय गोल कटाउन सकेका छैनन् । ब्राजिलका लागि सर्वाधिक अन्तर्राष्ट्रिय गोेल गर्ने पुरुष खेलाडी नेयमारले मात्र ७९ गोल गरेका छन् ।
मार्टाका उपलब्धिहरू
-मार्टाले फिफा विश्वकपमा सर्वाधिक १७ गोल गरेकी छन् । यो पुरुष वा महिलातर्फ विश्वकपमा व्यक्तिगत सर्वाधिक गोलसंख्या हो । पुरुष विश्वकपमा रोनाल्डोले ब्राजिलका लागि सर्वाधिक १५ गोल गरेका छन् ।
-रोनाल्डोको कीर्तिमान जर्मनीका मिरोेस्लाभ क्लोजले २०१४ मा ब्राजिलमै भएको विश्वकपमा २ गोल गर्दै तोडेका थिए । उनले ती गोलसँगैं १६ गोलसंख्यामा पु¥याएका थिए ।
-मार्टा पुरुष वा महिलातर्फ लगातार ५ फिफा विश्वकपमा गोल गर्ने पहिलो खेलाडी पनि हुन् । उनले २०१९ को विश्वकपमा पनि गोल गर्दै यो उपलब्धि हासिल गर्दा यसको ३ वर्षपछि बल्ल पुरुष खेलाडी उनको कीर्तिमानसँग बराबरीमा आए ।
-कतार विश्वकप २०२२ मा पोर्चुगलका क्रिस्टियानो रोनाल्डोले गोल गर्दै लगातार ५ विश्वकपमा गोल गर्ने उपलब्धि हासिल गरे । रोनाल्डो पाँच विश्वकपमा गोल गर्ने पुरुषतर्फ पहिलो खेलाडी बनेका हुन् ।
-मार्टा पुरुष वा महिलातर्फ लगातार ५ ओलम्पिक फुटबलमा गोल गर्ने पहिलो खेलाडी पनि हुन् ।











प्रतिक्रिया