काठमाडौं ।
नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्र विक्रम चन्द ‘विप्लव सी’ बीच भेटवार्ता भएको छ ।
उपाध्यक्ष श्रेष्ठको हात्तीवनस्थित निवासमा करिब एक घण्टा भेटघाट र छलफल भएको उनको सचिवालयले जनाएको छ।
भेटमा समसामयिक राजनीतिक परिस्थिति, नेपालको कम्युनिस्ट तथा क्रान्तिकारी आन्दोलन, राष्ट्रियता र पार्टी एकताको सम्भावनासहित विविध विषयमा विचार विमर्श भएको बुझिएको छ ।











प्रतिक्रिया