अभिनेत्री तथा निर्मात्री नीता ढुंगाना अधिकारीको डेब्यु निर्देशनमा बन्ने फिल्म सुख दुःखमा ख्यातिप्राप्त हास्यव्यङ्ग्य अभिनेता मदनकृष्ण श्रेष्ठलाई पनि पाइने भएको छ। उनलाई महत्वपूर्ण भूमिकाको लागि फिल्ममा अनुबन्ध गरिएको छ।
अभिनेता श्रेष्ठले फिल्मको कथा मन परेकाले सुख दुःखमा काम गर्न राजी भएको बताए। ‘फिल्मको स्क्रिप्ट सुनाउँदा उहाँ भावुक हुनुभयो। उहा“ले स्क्रिप्ट मन पराएपछि अभिनय गर्नका लागि उत्साहित देखिनुभयो’ मदनकृष्णलाई फिल्ममा अनुबन्ध गरेपछि निर्देशक ढुंगानाले भनिन्।
यसअघि फिल्मका लागि अभिनेत्री मिथिला शर्मा तथा छायांकनका लागि चर्चित भारतीय छाया“कार कवीरलाल र शाहिदलाल अनुबन्धित भइसकेका छन्।
नीता फिल्म्स्को ब्यानरमा बन्ने फिल्म आगामी वर्ष दसैंको फूलपातीका अवसरमा प्रदर्शनमा ल्याउने योजना निर्माण पक्षको छ।











प्रतिक्रिया