मुक्तिनाथ विकास बैंकले एमएन अस्पतालसँग साझेदारी गरी ग्राहकहरूलाई १५% छुटको स्वास्थ्य सेवा उपलब्ध गराउने


काठमाडौँ
मुक्तिनाथ विकास बैंक लिमिटेडले आफ्ना ग्राहकलाई थप सुविधा प्रदान गर्ने उद्देश्यले बसुन्धरास्थित एमएन अस्पतालसँग विशेष व्यावसायिक सम्झौता गरेको छ । यस सम्झौताअन्तर्गत बैंकका ग्राहकले एमएन अस्पतालबाट अपरेसन, प्रयोगशाला परीक्षण, एक्स–रे, औषधिलगायतका स्वास्थ्य सेवामा १५% सम्म छुट पाउनेछन् ।

बैंकले यस सहकार्यबाट ग्राहकलाई गुणस्तरीय, सस्तो र सुलभ स्वास्थ्य सेवा पुगोस् भन्ने आशा व्यक्त गरेको छ। साथै, आगामी दिनहरूमा यस्तै सेवामूलक साझेदारी विस्तार गर्ने योजना रहेको पनि बैंकले जनाएको छ ।

बैंकले हालै “मुक्तिनाथ फाइदा एप“ सञ्चालनमा ल्याएको छ भने अन्तरदेशीय क्यूआर भुक्तानी सेवा पनि सुरु गरेको छ । यसबाहेक, ग्राहकले मोबाइल बैंकिङ्ग, अनलाइन कर्जा आवेदन, इ–बैंकिङ्ग, रेमिट्यान्स जम्मालगायतका सेवा घरबाटै प्रयोग गर्न सक्ने व्यवस्था रहेको छ । यसरी मुक्तिनाथ विकास बैंकले ग्राहकहितमा नवीनतम सेवा थप्दै डिजिटल र स्वास्थ्य क्षेत्रमा पहुँच बढाउँदै लागेको छ ।