ऐनापहरा बस दुर्घटना अपडेट :  पाँच  घाइते, एक जना चितवन रिफर

5.64k
Shares

गोरखा। 

गोरखाबाट चितवनतर्फ जाँदै गरेको यात्रुबाहक बस दुर्घटना हुँदा पाँच जना घाइते भएका छन् । ग २ ख १०७७ नम्बरको बस आइतबार अपराह्न चारबजेतिर ऐनापहराबाट करिब १५ मिटर तल खस्दा बसमा सवार पाँच जना घाइते भएको  वडाध्यक्ष दिनेश केसीले जानकारी दिए ।

केशीका अनुसार सहिदलखन गाउँपालिका ६ की ४० बर्षीया सुनु थापा, सहिद लखन ६ रानीस्वाँराकी ४३ बर्षीया सीता थापा, सोही ठाउँकी २८ बर्षकी मीना थापा मगर, गोरखा नगरपालिका ९ का ५४ बर्षीय सनबहादुर गुरुङ र आँबुखैरेनी गाउँपालिका १ गिरानचौरका आठ बर्षका खुशी राम रामदाम घाइते भएका छन् । 

घाइते मध्य गम्भीर अबस्थामा रहेकी सुनु थापालाई भरतपुर रिफर गरिएको उनले बताए ।