काठमाडौँमा गुण्डाविरुद्ध प्रहरीको अपरेशन तीव्र


काठमाडौँ ।

काठमाडौँमा आपराधिक गतिविधिविरुद्धको प्रहरी अपरेशन तीव्र रूपमा जारी रहेको छ। जिल्ला प्रहरी परिसर काठमाडौँका प्रमुख एसएसपी विश्व अधिकारीका अनुसार गुण्डा गतिविधि नियन्त्रण गर्न अपरेशन सञ्चालन भइरहेको छ। हालै महराजगञ्जस्थित होटल साम्बालाबाट ४७ जना पक्राउ परेका छन्।

तिनीहरुमध्ये मिलन गुरुङ (चक्रे मिलन) सहित १९ जनाविरुद्ध सार्वजनिक हितविपरीतको कसुरमा मुद्दा दायर गरिएको छ भने बाँकी २८ जनालाई प्रहरीमा हाजिर हुने सर्तमा छाडिएको छ। प्रहरीका अनुसार अनुसन्धान अझै जारी छ र उजुरी आउने क्रम पनि खुला छ।