मधेसमा वर्षा, खडेरी पीडितलाई राहत


काठमाडौँ ।

पछिल्लो २४ घण्टामा मधेस प्रदेशका विभिन्न ठाउँमा वर्षा भएको छ, जसले खडेरीको सामना गरिरहेका स्थानीयलाई राहत मिलाएको छ।

धनुषाको तुल्सीमा ६३.८ मि.मि, हर्दिनाथमा ५१ मि.मि, रौतहटको गौरमा ४४.६ मि.मि. र बाराको अमलेखगन्जमा ४६.४ मि.मि. वर्षा मापन गरिएको छ। मधेसका अन्य ठाउँहरूमा पनि हल्कादेखि मध्यम वर्षा भएको छ।

हाल देशभर मनसुनी वायुको प्रभाव सक्रिय रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपासमा रहेकाले कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा पनि वर्षा भइरहेको छ।