एनसेलको ‘बीज सधैं अन’ मनसुन अफर



काठमाडौं ।

एनसेलले व्यवसायिक ग्राहकलाई लक्षित गर्दै नयाँ मनसुन अफर सार्वजनिक गरेको छ। ‘बीज सधैं अन’ योजनाअन्तर्गत अब ग्राहकले १० महिनाको शुल्क तिर्दा १२ महिनासम्म सेवा पाउनेछन्।

बीज सधैं अन ३९९ प्लानमा हरेक महिना १० जीबी डेटा, ४०० मिनेट टक टाइम र ४०० एसएमएस सुविधा छ भने ६४९ प्लानमा ३० जीबी डेटा, अनलिमिटेड टक टाइम र ६५० एसएमएस प्राप्त हुन्छ ।

अफरअन्तर्गत बन्डल सेवामा तीन नम्बरको वार्षिक सदस्यतामा एक नम्बर र पाँच नम्बरको सदस्यतामा दुई नम्बरले ६ महिनासम्म निःशुल्क सेवा पाउनेछन्।

एनसेलका चिफ बिजनेस अफिसर डिओन एसेन्सिओले साना तथा ठूला व्यवसायलाई डिजिटल माध्यमबाट सशक्त बनाउन यो अफर ल्याइएको बताए । साथै क्लाउड र डाटा सेन्टर सेवामा विशेष छुटको प्रस्ताव पनि दिइएको छ। इच्छुक ग्राहकले एनसेलको वेबसाइटमा गई कलब्याकका लागि अनुरोध गर्न सक्नेछन् ।