कांग्रेस बाग्मती प्रदेश संसदीय दलको नेतामा  लामा र बानियाँबीच  प्रतिस्पर्धा हुने


हेटौडा । 

नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको नेता चयन गरिदैँछ । उक्त पदका लागि अहिले सो प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामा र इन्द्रबहादुर बानियाँबीच प्रतिस्पर्धा हुदैँछ ।

मुख्यमन्त्री बिरूद्द अविश्वासको मत दर्ता गरेका सांसदहरूले पहिले नै बानियाँलाई दलको नेता र मुख्यमन्त्री बनाउने तयारी गरेका छन, हिजो उनको पक्षमा २२ मत परेको थियो भने लामा १५ मतमा सीमित भएर पदमुक्त भएका थिए ।

 तर, बानियासँग फेरी लामा प्रतिस्पर्धामा उत्रन लागेका हुन् ।