काठमाडौँ
नेपाल इन्फ्रास्ट्रक्चर्स इन्भेष्टमेन्ट फण्ड लिमिटेडले सर्वसाधारणका लागि रु.१०० अंकित दरमा ३० लाख कित्ता साधारण शेयर (आईपीओ) निष्काशन गर्न लागेको छ । उक्त निष्काशनको व्यवस्थापनका लागि फण्डले लक्ष्मी सन्राइज क्यापिटल लिमिटेडलाई निष्काशन तथा बिक्री प्रबन्धक नियुक्त गरेको छ ।
सम्झौतापत्रमा लक्ष्मी सन्राइज क्यापिटलका प्रमुख कार्यकारी अधिकृत बिजय लाल श्रेष्ठ र नेपाल इन्फ्रास्ट्रक्चर्स इन्भेष्टमेन्ट फण्डका अध्यक्ष डा. मनिष थापाले हस्ताक्षर गरेका छन् ।
ग्लोबल इक्विटी फण्डद्वारा व्यवस्थापित फण्डले स्वच्छ ऊर्जा, यातायात, विद्युतीय सवारी, जलविद्युत, सूचना प्रविधि, कृषि र आतिथ्य क्षेत्रमा लगानी गर्दै आएको छ । हिमालयन लाइफ, हिमालयन एभरेष्ट, प्रभु महालक्ष्मी, नेपाल रिइन्स्योरेन्सजस्ता अग्रणी बीमा कम्पनी तथा व्यवसायी राजेन्द्र खेतान र वसन्त चौधरी संस्थाका प्रवद्र्धक हुन् ।











प्रतिक्रिया