एक महिना निरन्तर खटेर १ लाखलाई पानी खुवाउन सफल भयौं


रविन्द्र महर्जन
वडाअध्यक्ष ललितपुर महानगरपालिका–२१

ललितपुर।
गएको असोज १०–१२ गते आएको बाढीले खानेपानीको पाइप भत्काउँदा ललितपुर महानगरपालिकाका स्थानीय आजित भएका थिए । उखरमाउलो गर्मी त्यसमाथि पनि पानीको अभाव आजित हुनु स्वाभाविकै थियो । तर, त्यसको ठीक १ महिनापछि ललितपुर महानगरपालिकाका ४ वटा वडाका धारामा पानी आयो, १ लाख स्थानीयले पानी खान पाए । त्यसैले उनीहरू खुसी भएका थिए ।

गत वर्ष असोज ११ र १२ पाइप बगाएर पानी आउन नसक्क्ने अवस्थामा थियो । त्यसबेला सिकालीको जात्रा थियो । यसअघि दुईपटक पाटिङगल मूलबाट ७ वटा जेनेटर राखेर त्यस बेला पनि पानी ल्याउने व्यवस्था गरेका थिए । पानीको पाइप ल्याएको स्थानको जमिन भासिएको थियो । शेषनारायण थानको मुहानको पानी खाइरहेका थिए ।

यसै सन्दर्भमा बिग्रेको ठाउँबाट पानी लैजान मिल्छ तर धेरै क्षति भएकाले तत्काल बनाउनुपर्ने निष्कर्ष निकाल्दै महानगरका ८ वडावासीलाई पानी खुवाउने विषयमा २१ वडाका वडाध्यक्ष रविन्द्र महर्जनको नेतृत्वमा दक्षिणकाली नगरपालिकाका प्रमुख मोहन बस्नेतसँग कुरा भयो ।

उहाँको कुरा सकारात्मक थियो । पानीको विषयमा छलफल गर्न दक्षिणकाली–३ वडाका अध्यक्षसहितको टोली दक्षिणकाली नगरपालिका पुग्यौं । त्यसपछि ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनलाई फोन ग¥यौं । पानीको विषयमा कुरा गर्न केयूकेएलका प्राविधिक कर्मचारी दक्षिणकाली नगरपालिकामा थिए । मेयर महर्जनको आग्रहअनुसार जसरी भए पनि पानी लैजानुपर्ने सन्देश आदानप्रदान भयो । त्यसपछि दक्षिणकाली नगरपालिकालाई सहयोग गरौं भन्यांै ।
लगत्तै ललितपुर महानगरपालिकाले १ करोड सहयोग ग¥यौं । मेयर चिरिबाबु महर्जनले १ करोड सहयोग गर्दा नगरपालिका खुसी भयो । खानेपानी मन्त्रीले खानेपानी व्यवस्था भए सहयोग गर्न तयार छौं भन्नुभयो । अहिले कुटुली मुहान, सातमूलेको पानी अहिले ललितपुरमा आएको छ ।

यसअछि पाइप बगाउनुअघि ०६४ सालमा वागमतीको ढलान गरेर पाइप राखेको थियो । त्यतिखेर राम्रो थियो । असोजमा क्षतविक्षत भएको मुहानले भत्केको पाइप बनाउन र बाटो ढलान गर्न करिब १० करोड खर्च भयो होला । पटकपटक ठेक्का रद्ध भएपछि बल्ल काम भइरहेको छ । जसरी भए पनि बाटो सहज हुनुप¥यो । एक महिनाअघि केयूकेएललाई फेरि ग¥यौं । पानी पिउन नपाएका जनता महिनौं दिनसम्म चुपचाप बसे ।

दीर्घकालीन समस्या समाधन गर्ने विषयमा ललितपुर महानगरपालिका १८, २१, २२ र २५ सँग पटकपटक छलफल ग¥यौं । तर, पाइप फुटेर एक महिनासम्म धारामा पानी नआउँदा खासै चासो भएन । पाइप बनाउने विषयमा लगातार दबाब दिएपछि केयूकेएल ललितपुर शाखाले मुख्य भूमिका खेल्यो । करिब १ लाख जनतालाई पानी खुवाउन आफैं दौडिएँ । खानेपानी व्यवस्थापन बोर्डलाई आर्थिक सहयोग गर्न पहल गर्न आग्रह ग¥यौं । १० महिनासम्म बनाउन नसक्नु केयूकेएलको कमजोरी थियो । पछिल्लो समयमा हाम्रो दबाबको कारण पानी ल्याउन सफल भएका हौं ।

शुरूमा दुवैतिरको पाइप बगाएको थियो । हामीले रिक्समा कानुनको विषय उठान गरेर तत्काल समस्या समाधान गर्न हामी तयार छौं भन्यौं । काम गर्न अति दुःख भयो । कामदारलाई निकै समस्या भयो । सायद ११ दिनअघि को कुरा हो ।
पहिलो पटक पाइप मर्मत गर्दा पानी टेस्ट ग¥यौं । सफल भएन । दोस्रो पटक पनि सफल भएन । बल्ल तल्ल तेस्रोपटक सफल भयौं । अरूभन्दा पनि पाइप बेन्ड गर्दा समस्या पर्ने रहेछ ।

काम गर्दागर्दै फेरि जग्गाको विवाद आयो । अहिले जग्गाको विषयमा कुरा नगरौं । काम सकौं तपाईंको जग्गाको विषयमा म जिम्मा लिन्छु भन्दै जग्गाधनीलाई खुसी पारँे । फेरि काम चालू भयो । जग्गाको विवाद समाधान गर्न एकजनालाई रोजगारी दिने प्रतिबद्धता जनाएँ । स्थानीयलाई सम्झाईबुझाई काम गर्दै थियौं । काम गर्दागर्दै पानी प¥यो काम गर्न झनै समस्या भयो ।

वर्षाको कारण डोजर जाने सम्भवाना थिएन । तैपनि एक जनालाई कर गरेर चेन डोजर ल्याएर काम ग¥यौं । स्काभेटर आउनै मानेन । बल्लतल्ल काम फत्ते ग¥यौं । मैले काम गर्दा मेरा छिमेकका वडाले सहयोग गर्नुभयो । फोन गरेर आवश्यक परेसम्म सबै सहयोग गनै प्रतिबद्धता जनाउनुभयो । दोस्रो पटक काम गर्दा सबै निरास भयौं । टेक्निसियन, स्थानीयवासी त्यतिकै फर्कियांै ।

सबै खर्च केयूकेएलले गर्छु भनेको छ । पहिलो दिनमा खन्नेहरूलाई गाहे भए पनि वाइसीएलका साथीहरू बोलायौं । ४५ डिग्रीको वेन्ड बनाउन समेत ३ दिन लाग्यो । पाइप जोड्ने ठाउँ नमिलेका कारण केही बेर समस्या भयो । पूरै समय खाजापानीको व्यवस्था गरेर समस्या समाधान गर्न सफल भयौं । बिहान ६ देखि बेलुकी मध्यरातसम्म काम ग¥यौं ।

पानी आउनुअघि केन्द्रमा बैठक भयो । त्यसपछि मन्त्रालयका मन्त्रीको कार्यकक्षमा बैठक बस्यौं । स्टिमेट बनायौं । ९० डिग्री बेन्ड गर्दा ठूलो समस्या भयो । केयूकेएल, केयूकेएलका सीईओसँग कुरा ग¥यौं । बजेट व्यवस्थापन भयो टेन्डर भयो ।

मैले विगतमा पटक पाइप रोल किनेर ८ वटा जेनेटर राखेर पानी दिएका थियौं । अहिले ठेकेदारको कारण केही महिना पानी आउन सकेन । काम गर्दागर्दै अन्तिम प्रयासको क्रममा एकदमै टेन्सन भयो । अब कहिल्यै आउँदैन कि जस्तो लाग्यो । असफलता नै सफलताको बाटो हो भने झैं काम गन निरन्तर लाग्यौं । बल्ल पानी आएको छ । मैले होइन हामीले गर्दा १ लाख जनता लाभान्वित भएका छन् ।

अब पानीको व्यवस्थापन, स्टिमेट तयार गर्ने, दीर्घकालीन समस्या समाधान गर्नुपर्छ । स्थानीय जनताको आवश्यकतालार्ई सम्बोधन गर्ने, पहल कदमी गरेका छौं । सम्मानजनक र समानुपातिक वितरण गर्नु आवश्यक छ । चुुहावट नियन्त्रण गर्नुपर्छ । चार दिनअघि घरघरमा पुगेको पानी १५, १४, १३, ४, १८, २१, २२ र २५ वडामा प्रयोग हुनेछ ।

करिब १ महिनासम्मको केयूकेएल ललितपुर, स्थानीय जनप्रतिनिधि, स्थानीय बासिन्दाहरू समेतको निरन्तर प्रयास, सहजीकरण र सहयोगबाट वागमती क्षेत्रको दुवैतर्फको पाइप लाइन मर्मत कार्य सम्पन्न गरी खानेपानी वितरण कार्य गर्न सफल भयौं ।
(नेपाल समाचारपत्रकर्मी ईश्वरराज ढकालसँगको कुराकानीमा आधारित)