शुभलक्ष्मी कोष, लक्ष्मीभ्यालु फण्ड–२ र सनराईज ब्लुचिप फण्डले नगद लाभांश घोषणा गरे


काठमाडौँ
लक्ष्मी सनराइज क्यापिटल लिमिटेडद्वारा व्यवस्थापन गरिएका तीन वटा म्युचुअल फण्ड योजनाले आर्थिक वर्ष २०८१÷८२ का लागि नगद लाभांश (प्रतिफल) घोषणा गरेका छन् ।

लक्ष्मी म्युचुअल फण्ड अन्तर्गत सञ्चालित शुभलक्ष्मी कोष, लक्ष्मीभ्यालु फण्ड–२, तथा सनराइज म्युचुअल फण्ड अन्तर्गत सञ्चालित सनराइज ब्लुचिप फण्डले आ–आफ्नो योजनाअनुसार प्रतिफल वितरण गर्ने निर्णय गरेका हुन् ।

लक्ष्मी सनराइज क्यापिटल लिमिटेडको साउन १२ गते दिउँसो ४ बजे बसेको सञ्चालक समितिको १५४ औं बैठकले निम्नानुसार लाभांश वितरण गर्ने निर्णय गरेको हो । शुभलक्ष्मी कोषः कर सहित १६ प्रतिशत, लक्ष्मीभ्यालु फण्ड–२ः कर सहित १५ प्रतिशत, सनराइज ब्लुचिप फण्डः कर सहित १९ प्रतिशत लाभांस घोषणा गरेको हो ।
शुभलक्ष्मी कोष योजनाको हकमा साउन १२ गते दर्ता कितावमा कायम रहेका इकाईधनीहरू मात्र लाभांश प्राप्त गर्न योग्य हुने छन् । अन्य दुई योजनाहरू — लक्ष्मीभ्यालु फण्ड–२ र सनराइज ब्लुचिप फण्ड — का लागि भने दर्ता किताव बन्द सम्बन्धी सूचना छुट्टै प्रकाशन गरी जानकारी गराइनेछ ।

शुभलक्ष्मी कोषले लाभांश पुनःलगानी योजना अन्तर्गत लाभांश वितरण गर्नेछ, जसअनुसार इकाईधनीको खातामा कर र डिपी शुल्क कटौतीपछि बाँकी रहेको रकम समायोजित खुद सम्पत्ति मूल्यमा पुनः लगानी गरिनेछ । प्राप्त इकाई सम्बन्धित हितग्राही खातामा सिधै जम्मा गरिने व्यवस्था गरिएको छ ।

यस योजनामा सहभागी नभएका इकाईधनीहरूको हकमा भने प्रतिफल रकम उनीहरूले उल्लेख गरेको बैंक खातामा सिधै जम्मा गरिने कम्पनीले जनाएको छ ।