काठमाडौं।
विश्व बैंकले नेपाललाई दिँदै आएको विकास ऋणको ब्याजदर दोब्बर बढाएको छ । हालसम्म शून्य दशमलव ७५ प्रतिशत ब्याजदरमा ऋण लिँदै आएकामा अब १ दशमलव ५ प्रतिशत ब्याज तिर्नुपर्नेछ । सन् २०२४ जुलाईदेखि यो व्यवस्था लागू भएको हो ।
नेपालले विकास ऋण लिनुअघि अब रणनीतिक सोच र प्राथमिकता स्पष्ट गर्नुपर्ने आवश्यकता बढेको देखिन्छ । ऋणको सर्त कडा हुँदै जाँदा सहयोगको गुणस्तर र प्रतिफलमा केन्द्रित भएर काम नगरे आवश्यक रकम सहजरूपमा प्राप्त नहुन सक्ने अवस्था देखिएको छ ।
सोमबार अर्थ मन्त्रालय र नेपाल आर्थिक पत्रकार संघ (नाफिज) को आयोजनामा भएको वैदेशिक सहायता परिचालन प्रणालीसम्बन्धी कार्यक्रममा अर्थ मन्त्रालयको वैदेशिक सहायता समन्वय महाशाखाका प्रमुख धनीराम शर्माले उक्त जानकारी दिएका हुन् ।
शर्माका अनुसार नेपालले हालसम्म विश्व बैंकबाट लिँदै आएको अधिकांश ऋण ४० वर्षभित्र तिर्ने सर्तमा उपलब्ध हुँदै आएको थियो । नयाँ व्यवस्थाअनुसार अब यस्तो ऋणको परिपक्वता अवधि ३० वर्षमा झारिएको छ, जसमा २४ वर्ष कार्यान्वयन अवधि र ६ वर्ष ग्रेस पिरियड हुनेछ । यसअघि यस्तो अवधि ४० र ३८ वर्षे हुन्थ्यो ।
नेपाललाई गरिब मुलुकको सूचीबाट स्तरोन्नति गरिएको कारण ऋणको सर्त कडा गरिएको शर्माको भनाइ छ । उनले भने–‘हामी लो–इनकम क्याटेगोरीबाट अलि माथि गएका छौं । यही भएर ब्याजदर बढेको हो, अरू कुनै कारण छैन ।’
उनका अनुसार नेपालको कुल विकास सहायकामध्ये करिब ८० प्रतिशत योगदान विश्व बैंक र एसियाली विकास बैंक अन्तर्गत रहेको रहेको छ । यी दुई दातृ संस्थाले हालै नेपालका लागि रणनीति कन्ट्री पार्टनर फ्रेमबर्क (विश्व बैंक) र कन्ट्री पार्टनर्स स्ट्राटेजी (एडीबी)ले मा उल्लेख प्राथमिकताका आधारमा विकास सहायता अघि बढ्ने हो ।
त्यस्तै अबदेखि नेपालले लिने विकास सहायतामा प्रोजेक्ट रेडिनेस फिल्टर लागू गरिएको छ । यसको उद्देश्य परियोजनाको गुणस्तर, सम्भाव्यता र प्रतिफल सुनिश्चित गर्नु हो । शर्माले भने –‘अब हिजोका दिनमा जस्तो सहज र अनियोजित तरिकाले मन्त्रालयहरूबाट प्रोजेक्ट स्वीकृत हुने सम्भावना कम छ ।’
उनका अनुसार सहयोग दातासँग परियोजना छनोट, सहमति र प्राथमिकता स्पष्ट नभएसम्म सहायता कार्यान्वयनमा आउन सक्दैन । ‘एसोसिएसनमै आधारित भएकाले केवल नेपालले चाहेअनुसार मात्र सहायता प्राप्त हुँदैन,’ उनको भनाइ छ ।
कार्यक्रममा महाशाखाका उपसचिव डोलेन्द्र शर्माले वैदेशिक सहायता परिचालनसम्बन्धी नेपालका अनुभवहरू प्रस्तुत गरे । साथै विकास वित्त सूचना व्यवस्थापन प्रणालीका बारेमा प्रेम उपाध्याय र विशेष प्रधानले विस्तृत जानकारी दिएका थिए । आइएमई मोटर्सका कार्यकारी निर्देशक निशान ढकालले अवार्डबाट सम्मानित हुँदा कम्पनीको उत्कृष्ट सेवा प्रदान गर्ने प्रतिबद्धतामा थप टेवा पुगेको बताए ।











प्रतिक्रिया