फ्रोजन डेजर्ट उद्योगको विकासमा नयाँ चरणको सुरूवात, आइसक्रिम उत्पादनमा क्रान्ति


काठमाडौँ
नेपालमा फ्रोजन डेजर्ट उद्योगको विकासमा नयाँ चरणको सुरूवात गर्ने उद्देश्यले आयोजना गरिएको भव्य कार्याशाला गोष्ठी काठमाडौंमा सम्पन्न भएको छ ।

सग्तानी ग्रुप, ‘एलएआईईएफ आइसक्रिम मेसिनरी’ र नेपाल–इटाली उद्योग वाणिज्य संघ (एनआईसीसीआई)को सहकार्यमा ‘नेपालमा आइसक्रिम उत्पादनको रूपान्तरण’ शीर्षकमा उक्त गोष्ठी सम्पन्न गरिएको हो ।

उक्त कार्यक्रममा नेपाल र इटालीका खाद्य उद्योगका विज्ञ, उद्यमी र सरोकारवालाको उल्लेखनीय सहभागिता थियो ।
कार्यक्रममा इटालीका प्रमुख ब्राण्ड ‘एलएआईईएफ’, ‘टेक्नोआइस’, ‘प्याकइन्ट’ र ‘कोल्ड कार’लगायतले उत्पादनदेखि ढुवानीसम्मका अत्याधुनिक, दिगो र प्रभावकारी प्रविधि प्रदर्शन गरेका थिए ।
यो सहकार्यले नेपालमा फ्रोजन डेजर्ट उद्योगको विकासमा नयाँ चरणको सुरुवात गर्नाका साथै नेपाल–इटालीबीचको औद्योगिक तथा व्यापारिक सम्बन्धलाई थप मजबुत बनाउने विश्वास गरिएको छ ।