भारतको अहमदाबादमा विमान दुर्घटना हुँदाको समयमा मेडे शब्द खुबै चर्चा भयो । धेरैजसोले यो शब्द पहिलो पटक सुनिएको बताए र मेडको अर्थ बुझ्ने खासै धेरै देखिएन । मेडे विमानको आपतकालीनअवस्थामा प्रयोग हुने शब्द हो । यस्तै मेडे जस्तै विमानको आपतकालीन शब्दहरू अन्य पनि छन् । यहाँ त्यसबारे प्रस्तुत गरिएको छ ।
मेडे (may day)
विमानका पाइलटले एयर ट्राफिक कन्ट्रोल (एटीसी) लाई मेडे तब भन्छ जब ज्यादै आपतकालीन अवस्था हुन्छ । यो भनेको निकै खतराको संकेत हो । जस्तै, इन्जिन फेल हुने, आगो लाग्नु । यस्तो बेला पाइलटले तीन पटक मेडे शब्द बोल्छन् । मेडे फ्रेन्च शब्द हो र यसको अर्थ मद्दत गर्नु हो ।
प्यान प्यान (pan pan)
विमानका पाइलट एटीसीलाई प्यान प्यान त्यतिबेला भन्छ जब तुरुन्तै सहयोगको जरुरत हुन्छ । यसको मतलब विमानमा रहेका कुनै पनि यात्रुलाई कुनै गम्भीर समस्या आएको छ । तर, यो मेडे जस्तो निकै खतरा भने होइन । यसमा मेडिकल इमरजेन्सी, नेभिगेसन सिस्टम फेल, कम्युनिकेशन खराब, ल्यान्ड गर्न गियरमा आएको समस्या भएमा पाइलटले तीन पटक प्यान प्यान भन्दछ । यो पनि फ्रेन्च शब्दबाटै आएको हो यसको मतलब हो ब्रेकडाउन ।
स्क्वाक कोड (squawk code)
यसमा भने शब्द बोलिँदैन । पाइलटले एटीसीलाई अलर्ट कोड नम्बर दिन्छ । यस हिसाबमा के समस्या रहेको एटीसीलाई जानकारी हुन्छ ।
7500 विमान हाइज्याक हुँदा पाइलटले यो कोड नम्बर सेट गर्छन् । यो रेडियोमा सिधै कुरा गर्न नसक्ने बताउँछन् ।
7600रेडियोमा खराबी वा एटीसीसँग रेडियो सम्पर्क टुट्छ तब एटीसी विमानलाई सुरक्षित रूपमा ल्यान्डिङ गर्नका लागि प्रयोग गरिन्छ ।
7700 इन्जिन फेल हुँदा, आगो लाग्दा, नियन्त्रणमा समस्या हुँदा या पाइलटलाई तुरुन्तै मद्दतको जरूरी हुँदा यो कोड प्रयोग गरिन्छ ।











प्रतिक्रिया