काठमाडौँ
निजी क्षेत्र तथा उद्योग, व्यापार र व्यवसायमा उल्लेखनीय योगदान पु¥याउने उद्योगी व्यवसायीलाई प्रोत्साहनस्वरूप नेपाल सरकार, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले प्रदान गर्ने “महत्वपूर्ण व्यवसायिक व्यक्ति (ऋक्ष्ए) सम्मान“ प्राप्त व्यक्तित्वलाई नेपाल हस्तकला महासंघले एक विशेष सम्मान तथा बधाई कार्यक्रममार्फत कदर गरेको छ ।
२०७९ सालदेखि स्थगित हुँदै आएको यो सम्मान गत २०८२ साल असार ३२ गते पुनः सुचारु गर्दै उद्योगी व्यवसायीहरूको प्रतिनिधित्व गर्ने छाता महासंघ र वस्तुगत संघका अध्यक्षहरूलाई औपचारिक रूपमा सम्मान प्रदान गरिएको थियो। त्यसको निरन्तरतास्वरूप, २०८२ साल श्रावण ९ गते काठमाडौंमा आयोजित बधाई तथा कृतज्ञता कार्यक्रममा उनीहरूलाई पुनः एकपटक औपचारिक रूपमा बधाई ज्ञापन गरिएको हो ।
उक्त कार्यक्रमका प्रमुख अतिथि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री श्री दामोदर भण्डारी रहनु भएको थियो भने कार्यक्रमको अध्यक्षता नेपाल हस्तकला महासंघका अध्यक्ष रविन्द्र शाक्यले गर्नुभएको थियो । सो अवसरमा मन्त्री भण्डारीले सम्मानित अध्यक्ष तथा उद्योगी व्यवसायीलाई बधाई पत्र प्रदान गर्नुभयो ।
त्यसै गरी, सम्मान प्राप्त व्यवसायीको योगदानको कदर गर्दै नेपाल हस्तकला महासंघका अध्यक्ष शाक्यले मन्त्री भण्डारी र व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रका कार्यकारी निर्देशक शरद विक्रम राणालाई कृतज्ञता पत्र प्रदान गर्नुभएको थियो ।
कार्यक्रममा नेपाल तयारी पोशाक उद्योग संघका अध्यक्ष पशुपतिदेव पाण्डेलाई सरकार र निजी क्षेत्रबीच समन्वयकारी भूमिका निर्वाह गरेको विशेष योगदानका लागि कृतज्ञता पत्र प्रदान गरियो ।
कार्यक्रमको विशेष प्रस्तुति स्वरूप महासंघका महानिर्देशक उत्तम प्रसाद देवकोटाले हस्तकला क्षेत्रको वर्तमान अवस्था, अवसर र चुनौती विषयमा जानकारीमूलक प्रस्तुति दिनुभएको थियो ।
यो कार्यक्रमले सरकार र निजी क्षेत्रबीचको सहकार्य, उद्योगी व्यवसायीको योगदानप्रति कदर, र समृद्धि निर्माणमा उनीहरूको भूमिकालाई थप सशक्त बनाउने दिशामा प्रेरणादायी पहलको रूपमा महत्व राख्दछ ।
नेपाल हस्तकला महासंघको यो कदम व्यवसायिक वातावरणमा सम्मान, प्रेरणा र सकारात्मक ऊर्जा सृजना गर्ने उत्कृष्ट उदाहरण बनेको छ ।











प्रतिक्रिया