हिमालयन लाइफ इन्स्योरेन्स कर्मचारी संघद्वारा आयोजित नेतृत्व विकास तथा अभिबृद्धि तालिम सम्पन्न


काठमाडौँ
हिमालयन लाइफ इन्स्योरेन्स कर्मचारी संघले आयोजना गरेको ‘कर्मचारी नेतृत्व विकास तथा अभिबृद्धि तालिम कार्यक्रम’ सम्पन्न भएको छ । कम्पनीको प्रधान कार्यालय तथा विभिन्न प्रदेशमा कार्यरत १६० जना कर्मचारीको सहभागितामा शनिवार काठमाडौंमा उक्त कार्यक्रम सम्पन्न भएको हो । हिमालयन लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत मनोजलाल कर्णले कार्यक्रमको उद्घाटन गर्नुभएको थियो ।

नेपाल बीमा प्राधिकरणका पुर्व अध्यक्ष फत्तबहादुर केसीले कार्यक्रमलाई सम्बोधन गर्दै बीमा क्षेत्रका अवसर चुनौती र आगामी दिनको कार्यदिशा विषयमा कर्मचारीलाई प्रशिक्षण दिनुभएको थियो ।

त्यस्तै, वरिष्ठ अधिवक्ता डा. रेशमराज रेग्मीले बीमा क्षेत्रमा कर्मचारी ट्रेड युनियनका अधिकार तथा श्रम ऐनमा देखिएका चुनौतीको समिक्षा गर्नुभएको छ । उहाँले श्रम कानुन कार्यान्वयनमा रहेका बाधा, अड्चनलगायतका विषयमा प्रकाश पार्नुभयो ।

डा. रविन कटुवालले कर्मचारीले उत्प्रेरणा सम्बन्धि प्रशिक्षण दिनुभएको छ । सहभागी कर्मचारीको मनोबल, हौसला बृद्धिका साथै क्षमता विकास कसरी हुन्छ ?, सही र समय सापेक्ष निर्णय कसरी लिन सकिन्छ ?, कर्मचारी भएपछि इमान्दारीता, कर्तव्यनिष्ट बनी कसरी उत्कृष्ट कार्य सम्पादन गर्न सकिन्छ भन्ने लगायतका विषयमा प्रशिक्षण दिनुभएको छ ।

कार्यक्रममा सहभागी बनेका कर्मचारीले नेतृत्व विकास तथा क्षमता अभिबृद्धि कार्यक्रमले मनमा उब्जेका सयौं खुल्दुली मेटिएको र आउँदो दिनमा कुनै पनि समस्या आउँदा सही र सरल तरिकाले निर्णय लिनसक्ने क्षमताको विकास भएको प्रतिक्रिया दिनुभएको छ ।

कार्यक्रमममा नेपाल बीमा प्राधिकरणका पूर्वअध्यक्ष फत्तबहादुर केसी, वरिष्ठ अधिवक्ता डा. रेशम राजरेग्मी, डा. रविन कटुवाल, कम्पनीका प्रमुख कार्यकारी अधिकृत मनोज लाल कर्ण, नायब प्रमुख कार्यकारी अधिकृत कपिलकुमार दाहाल, कर्मचारी संघका अध्यक्ष हरिबहादुर खड्कालगायत उच्च व्यवस्थापकी र प्रदेश तहका कर्मचारीको सहभागिता थियो ।