किङ फुड्स प्रालिद्वारा “मिठास टुकुचे १४०१” बासमती चामलको भव्य सार्वजनिक घोषणा, गुणस्तरीय स्वाद र सुवासको नयाँ परिचय


काठमाडौँ
नेपाली उपभोक्ताबीच १५ वर्षभन्दा बढी समयदेखि प्रिमियम गुणस्तरीय बासमती चामलका लागि विश्वसनीय ब्रान्डको रूपमा स्थापित किङ फुड्स प्रालिले आफ्नो नयाँ उत्पादन “मिठास टुकुचे १४०१” को सार्वजनिक घोषणा गरेको छ । उत्तरी भारतको हरियाणाबाट प्रत्यक्ष रूपमा आयात गरिएको यो लामो दानाको १४०१ स्टिम बासमती चामल उत्कृष्ट वासना, मोहक स्वाद र सुन्दर बनावटको लागि परिचित छ ।

“मिठास टुकुचे १४०१” विशेष स्वादका कारण नेपाली भान्सामा छुट्टै स्थान बनाउन सक्षम छ । चाहे पारिवारिक भोज होस् वा विशेष अवसर, यो चामलले प्रत्येक परिकारलाई उत्कृष्ट बनाउने वाचा गर्छ । नेपाली परिकारको स्वादलाई नयाँ उचाइमा पु¥याउन सक्षम यो उत्पादन दैनिक प्रयोगका लागि समेत अत्यन्तै उपयुक्त रहेको कम्पनीको विश्वास छ ।

हाल यस चामललाई भाटभटेनी सुपरमार्केटका सबै आउटलेटहरूमा १ के.जी., ५ के.जी., र २० के.जी. को प्याकेजमा खरिद गर्न सकिन्छ । साथै, थोक बजारहरूमा पनि यसको सहज उपलब्धता सुनिश्चित गरिएको छ । निकट भविष्यमा मेट्रोमार्ट र बिगमार्टमा समेत यो उत्पादन उपलब्ध हुने तयारी भइरहेको छ ।

किङ फुड्स प्रा.लि. ले यसअघि “मिठास” र “महारानी” जस्ता लोकप्रिय बासमती चामल ब्रान्ड सफलतापूर्वक वितरण गर्दै आएको छ। कम्पनीले १५ वर्षभन्दा बढी समयदेखि नेपाली बजारमा शुद्धता, भरपर्दो सेवा र उच्च गुणस्तरका चामल उत्पादन मार्फत आफ्नो अलग पहिचान बनाउँदै आएको छ ।

नयाँ “मिठास टुकुचे १४०१” को आगमनसँगै किङ फुड्स प्रा.लि. ले नेपाली उपभोक्तालाई अन्तर्राष्ट्रिय गुणस्तरको स्वाद र अनुभव उपलब्ध गराउने प्रतिबद्धता फेरि एकपटक पुष्टि गरेको छ ।