नेसनल लाइफको गाला कन्सर्ट भैरहवामा भव्य रूपमा सम्पन्न, ३५० भन्दा बढीको सहभागिता


काठमाडौँँ
नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो मासिक योजना अनुरूप उत्कृष्ट प्रदर्शन गर्ने अभिकर्तालाई सम्मानित गर्ने उद्देश्यले भैरहवाको प्रतिष्ठित होटल सिद्धार्थ भिलासामा गाला कन्सर्टको भव्य आयोजना सम्पन्न गरेको छ । कार्यक्रम कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्रीज्यूको पानसमादीप प्रज्वलनसहित समुद्घाटन गरिएको थियो ।

करिब ३५० जनाको सहभागिता रहेको यस विशेष कार्यक्रममा विभागीय प्रमुख, विभिन्न शाखाका प्रमुख तथा सम्मानित अभिकर्ताको उल्लेखनीय उपस्थिति रहेको थियो । कार्यक्रमको प्रमुख आकर्षणमध्ये एक, तनाव व्यवस्थापनसम्बन्धी प्रशिक्षण रहेको थियो । जहाँ चर्चित प्रशिक्षक रामहरी पौडेलले जीवनशैलीमा सन्तुलन ल्याउने र मानसिक तनाव न्यूनीकरण गर्ने प्रभावकारी उपाय प्रस्तुत गर्नुभयो ।

कन्सर्टको मनोरञ्जनात्मक पक्ष झनै आकर्षक रह्यो । स्ट्यान्डअप कमेडियन सुमन कोईरालाले हास्यरसको बौछार गर्नुभयो भने चर्चित गायक–कलाकार प्रकाश सपुत, समिक्षा अधिकारी, बाबुल गिरी, र भोजपुरी गायक सोनु कुमार मण्डलले एकपछि अर्को दमदार प्रस्तुतीमार्फत उपस्थित दर्शकलाई मन्त्रमुग्ध बनाउनु भएको थियो । कार्यक्रममा डिजे अमुको धमाकेदार प्रस्तुतीले अभिकर्तालाई नाच्न र रमाउन झनै प्रेरित ग¥यो ।

कार्यक्रमको समापनमा प्रमुख कार्यकारी अधिकृत खत्रीले गत वर्षको गाला कन्सर्टलाई निरन्तरता दिँदै यो वर्ष झनै ठूलो सहभागिता र उत्साहका साथ आयोजना गर्न सफल भएको बताउनु भयो । साथै, कम्पनीले अभिकर्ताको माग, चाहना र मनोबललाई उच्च प्राथमिकतामा राख्दै यस्ता प्रेरणादायी तथा मनोरञ्जनात्मक कार्यक्रमलाई आगामी दिनमा समेत निरन्तरता दिने प्रतिबद्धता जनाउनु भयो ।

नेशनल लाइफको यो गाला कन्सर्ट न केबल सम्मान र मनोरञ्जनको माध्यम बन्यो, तर यसले अभिकर्तामा नयाँ ऊर्जा, आत्मविश्वास र सकारात्मक सोच भरिदिएको उदाहरणीय कार्यक्रमको रूपमा स्थापित भयो ।