काठमाडौं
ज्योति विकास बैंकले स्थापनाको १७औं वार्षिकोत्सव सम्पन्न गरेको छ । सहज पहुँच भएको बृहत वित्तीय सेवा तथा सूचना प्रवाहमार्फत समस्त नागरिकहरूको जीवनमा सार्थक र साश्वत समृद्धि ल्याउने मूल उद्धेश्यका साथ वि.सं. २०६५ सालको श्रावण ०९ गते स्थापना भएको ज्योति विकास बैंकले मिति २०८२ सालको श्रावण ०९ गते, शुक्रबार, गौरवमय १७औं वर्षको सफल यात्रा बैंकले वार्षिकोत्सवको दिन २४.७ उपलब्ध एआई च्याटबट ‘ज्योति’ सार्वजनिक गरेको छ, जसले सरल इन्टरफेस र भाषिक विकल्पमार्फत ग्राहकहरुलाई बैंकिङ् जानकारीमा सहज पहुँच र तुरुन्तै जानकारी प्राप्त गर्ने सुविधा प्रदान गर्नेछ ।
यसले बैंकको डिजिटल ग्राहक सेवा थप सशक्त बनाउने विश्वास लिइएको छ । त्यस्तै, बैंकले इन्टर बैंक टेलर क्यूआर सेवा सुरू गरेको छ । यस सेवामार्फत खाता नभएका व्यक्तिहरुले पनि आफ्नो बैंकको मोबाइल बैंकिङ् एप वा खल्ति वालेट प्रयोग गरी ज्योति विकास बैंकका शाखाबाट सहज रूपमा नगद झिक्न सक्नेछन्, जुन सेवा विशेषगरी एटिएमवा सम्बन्धित शाखा पायक नपर्ने अवस्थाहरूमा निकै उपयोगी हुनेछ ।
वार्षिकोत्सवको अवसरमा, बैंकले ‘हाम्रो विकास प्रवद्र्धन कोष’ मार्फत विविध गौरवपूर्ण सामाजिक उत्तरदायित्वका कार्यक्रमहरूको घोषणा तथा सम्झौता गरेको छ । तिलगंगा इन्स्टिच्युट अफ अफथ्याल्मोलोजीसँगको सहकार्यमा सप्तरीको कञ्चनरुपमा आँखा जाँच तथा मोतिविन्दुको निःशुल्क शल्यक्रिया सञ्चालन हुनेछ । राष्ट्रिय आविष्कार केन्द्रसँगको साझेदारीमा १० वटा न्यानो नानी बेबी वार्मर उपकरण दुर्गम क्षेत्रका स्वास्थ्य संस्थामा जडान गरिनेछ ।











प्रतिक्रिया