सिद्धार्थ बैंकका ग्राहकका लागि सारंग हेल्थ केयरमा विशेष छुट


काठमाडौँ
डिजिटल बैंकिङ्ग प्रवद्र्धन गर्दै ग्राहक सेवामा निरन्तर नवीनता ल्याउँदै आएको सिद्धार्थ बैंकले स्वास्थ्य सेवा क्षेत्रमा समेत विशेष सुविधा ल्याएको छ । हालै मात्र बैंक र बखुडोल, ललितपुरस्थित सारंग हेल्थ केयर प्रालिबीच सेवा सहकार्यसम्बन्धी सम्झौता सम्पन्न भएको छ ।

यस सम्झौताअनुसार, सिद्धार्थ बैंकका ग्राहकले सारंग हेल्थ केयरमा बैंकको कार्ड वा मोबाइल बैंकिङ्ग सेवा प्रयोग गरी सेवा लिंदा क्लिनिकल सेवामा ५% सम्म तथा ल्याबोरेटरी सेवामा १०% सम्मको छुट प्राप्त गर्न सक्नेछन् ।

बैंकले यो सहकार्य ग्राहकलाई डिजिटल कारोबारप्रति प्रेरित गर्नुका साथै स्वास्थ्य सेवामा प्रत्यक्ष लाभ दिने उद्देश्यले अघि बढाएको जनाएको छ । यसले नगद कारोबारको साटो डिजिटल माध्यमलाई अपनाउन समेत प्रोत्साहन गर्ने विश्वास बैंकले लिएको छ ।

ग्राहकहरुले थप जानकारीका लागि सिद्धार्थ केयर (२४ घण्टा सञ्चालनमा रहने ग्राहक सेवा केन्द्र) मार्फत सम्पर्क गर्न सक्नेछन् ।