काठमाडौँ
सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले इलेक्ट्रोनिक शेयर धितो प्रणाली (इस्टप) औपचारिक रूपमा सञ्चालनमा ल्याएको छ ।
ग्राहकको सहजता र डिजिटल सेवा विस्तारलाई प्राथमिकता दिँदै बैंकले सिडिएस एन्ड क्लियरिङ लिमिटेडसँगको सहकार्यमा उक्त सेवा सुरू गरेको हो । अबदेखि बैंकका ग्राहकले आफ्नो खातामा भएको सेयरलाई डिजिटल माध्यमबाट नै धितो राखी कर्जा लिन सक्नेछन् ।
यस प्रणालीमार्फत बैंकमा सेयर धितो राख्न शाखामा उपस्थित हुनुपर्ने झन्झट हटेको छ । ग्राहकले बैंकको शाखा वा डिजिटल माध्यमबाट अनुरोध गरेपछि, बैंकले सिडिएससी प्रणालीमार्फत अनलाइन शेयर धितो प्रक्रिया अगाडि बढाउनेछ ।
सिटिजन्स बैंकले नयाँ प्रविधिको प्रयोग गर्दै बैंकिङ सेवा सरल, सुरक्षित र प्रभावकारी बनाउने लक्ष्यसहित यो प्रणाली सञ्चालनमा ल्याएको जनाएको छ ।
बैंकले देशभर १९० भन्दा बढी शाखा, १३८ एटिएम, १० एक्सटेन्सन काउण्टर तथा ९८ शाखारहित बैंकिङ एकाइमार्फत सेवा दिइरहेको छ । ग्राहकलाई छिटो, सहज र गुणस्तरीय सेवा प्रदान गर्न बैंक कटिबद्ध रहेको बताइएको छ ।











प्रतिक्रिया