काठमाडौं ।
काठमाडौं महानगरपालिका खरिद इकाई प्रमुख रामरतन साहले खरिद प्रक्रियामा एकलौटी गर्ने निर्णयमा सहभागी नहुने बताएका छन् । अस्ति बुधवार प्रमुख प्रशासकीय अधिकृत सरोज गुँरागाईसंग भेटगरी इकाई प्रमुख साहले गरेको निर्णयमा सहभागी नहुने बताएका थिए ।
खरिदमा रहुन्जेल हामी बोलपत्र मुल्याङ्कन सम्बन्धी कार्य गर्न असमर्थ छौ, २० जना भन्दा बढी सदस्यले सामुहिकरुपमा प्रप्रअलाई गुनासो राखे । स्रोतका अनुसार फाइल विभागमा पु¥याउने काम कार्यालय सहयोगीले गर्छन तिनलाइ तपाईहरुको फाइल बोके बापत रकम दिनुपर्छ भनेर कार्यलय सहयोगिका नाममा रकम बुझ्ने गरेको सुनेका छौ, यही अवस्थामा हामीले काम गरिरहे जुनसुकैबेला फस्छौ, हाम्रो सरुवा गरिदिनु पर्यो भन्दै प्रमुख प्रशासकीय अधिकृत गुँरागाई समक्ष गुनासो गरेका थिए ।
गुनासो गर्नेमध्येका एक कर्मचारीले नेपाल समाचारपत्रसंग भने–खरिद इकाई प्रमुखले अति गरेपछि सहन नसकेर हामीले प्रमुख प्रशासकीय अधिकृत भेटेका हौ । भेटका क्रममा प्रमुख प्रशासकीय अधिकृत गुँरागाईले प्रकृयागत रुपमा आएका बाहेक अन्यबाटोबाट आएका फाईलमा जबरजस्ती हस्ताक्षर गर्न खोजे सम्बन्धित विभागीय प्रमुखलाई जानकारी दिनुस , नभए मलाई भन्नुस त्यसमा के भएको रहेछ अनुसन्धान गरौला–भेटका क्रममा प्रमुख प्रशासकीय अधिकृत गुँरागाईले कर्मचारीलाई सान्त्वना दिँदै भने ।
खरिद ईकाइकै कारण पछिल्लो समय विद्यालयको लागि खरिद गरेको करिब ५ सय स्मार्टबोर्डपदमोदय माबिमा ताला लगाएर राखिएको छ । त्यस्ता दर्जनौँ विवादित विषयमा प्रश्न उठ्न थालेपछि कर्मचारीले प्रमुख प्रशासकीय अधिकृतलाई भेटेका थिए ।











प्रतिक्रिया