काठमाडौं ।
एनसेल आजियाटाले विद्यार्थीहरूलाई लक्षित गर्दै विशेष ’सधैं अन रिन्युअल’ योजनाहरु सार्वजनिक गरेको छ। माध्यमिक शिक्षा परीक्षा (एसईई) दिएका विद्यार्थीदेखि अन्य सबै तहका विद्यार्थीका लागि डिजाइन गरिएको यो योजना मनोरञ्जन र दूरसञ्चार सेवा दुबैमा पहुँचलाई सुलभ बनाउने उद्देश्यले ल्याइएको हो।
करसहित मासिक ३९९ रुपियाँ वा सोभन्दा माथिका शुल्कमा उपलब्ध हुने यस योजनामा अनलिमिटेड फेसबुक, टिकटक, युट्युब सेवा, लाइन्सगेट प्लेमा निःशुल्क प्रिमियम सामग्री, अनलिमिटेड नाइट डेटा तथा अन्य विभिन्न सेवा बन्डलहरू समावेश छन्।
जसमा ३९९ रुपियाँको योजनामा ३० दिनका लागि ३९९ मिनेटको अल नेपाल टक टाइम, ८ जीबी डेटा, ३९ वटा एसएमएस, र अनलिमिटेड मनोरञ्जन सुविधा प्राप्त गर्न सकिन्छ। ५९९ रुपियाँको योजनामा भने ५९९ मिनेट टक टाइम, २० जीबी डेटा, ५९ वटा एसएमएस र अन्य सेवाहरू समावेश छन् ।











प्रतिक्रिया