पर्वतमा वर्षा याममै अवैध नदी उत्खनन


काठमाडौं ।

पर्वत जिल्लामा कानूनी रोकका बाबजुद असार, साउन र भदौ महिनामा नदीजन्य सामग्रीको अवैध उत्खनन जारी छ। कालिगण्डकी, मोदी र लमाए खोलालगायतका स्थानबाट निर्माण सामग्री व्यापक रूपमा निकालिँदै आएको छ।

स्थानियको भनाई अनुसार सम्बन्धित निकायको मिलेमतो र अनुगमनको अभावका कारण दोहन बढ्दो छ। कानुनले निषेध गरेको समयमा ठेक्का दिनसमेत नमिल्ने व्यवस्था हुँदाहुँदै कार्यान्वयन नहुँदा प्रशासनले अब मात्र अनुगमनको तयारी थालेको छ।