काठमाडौँ
नेपालमा जिम्मेवार मद्यपान संस्कृतिको प्रवद्र्धन गर्न गोरखा ब्रुअरी प्रा.लि.ले नेपाली सवारी सेवाप्रदायक पठाओसँग सहकार्य गर्दै ‘जिम्मेवाररुपमा सेवन गरौं’ (ड्रिंक रेस्पोन्सिब्ली) अभियानको शुभारम्भ गरेको छ । यो पहल गोरखा ब्रुअरीको वातावरणीय संरक्षण, सामाजिक उत्तरदायित्व र सुशासनप्रतिको प्रतिबद्धताको अङ्ग हो । जसले कम्पनीको दिगो प्रयास ‘तपाईंका लागि, तपाईंको समाजका लागि’ भन्ने अवधारणालाई समर्थन गर्दछ ।
यस अभियानअन्तर्गत विशेष गरी रात्रिकालीन सामाजिकीकरण स्थलमा सहभागी हुने व्यक्तिलाई मद्यपानपछिको यात्रा सुरक्षित बनाउने उद्देश्यले पठाओ जस्ता सवारी सेवाको प्रयोग गर्न प्रेरित गरिनेछ । अभियानले ‘सेवन गरेपछि सवारी नगर्नुहोस्’ भन्ने चेतना फैलाउँदै दीर्घकालीन जिम्मेवार व्यवहारलाई प्रोत्साहन गर्ने लक्ष्य राखेको छ ।
“यो अभियान केवल सन्देश हैन, चेतना र सोचमा रूपान्तरण ल्याउने प्रयास हो। सामाजिक उत्तरदायित्वप्रति हाम्रो गहिरो प्रतिबद्धता र स्थानीय सहकार्यबाट सकारात्मक प्रभाव सिर्जना गर्न सकिन्छ भन्ने उदाहरण हो,” गोरखा ब्रुअरीका बजार व्यवस्थापन निर्देशक रोजन अमात्य भन्नुभयो ।











प्रतिक्रिया