डिशहोमको ‘खुशीको बोनस’ हरेक हप्ता १४ जना भाग्यशाली विजेताका लागि ३६५ दिन सित्तैमा इन्टरनेट


काठमाडौँ
डिशहोमले आफ्ना इन्टरनेट ग्राहकका लागि एक विशेष योजना ‘खुशीको बोनस ३६५ दिन नै बोनस !’ सार्वजनिक गरेको छ । यो अफरअन्तर्गत, वार्षिक नयाँ इन्टरनेट जडान वा रिचार्ज गर्ने ग्राहक हरेक हप्ता हुने लक्की ड्र मा सहभागी हुनेछन्, जसबाट कुल १४ जना भाग्यशाली विजेता छनोट गरिनेछन् ।

विजेता मध्ये १० जना नयाँ वार्षिक जडान गर्ने ग्राहक र ४ जना हालका वार्षिक रिचार्ज गर्ने ग्राहक हुनेछन्, जसले ३६५ दिनको इन्टरनेट बोनस जित्ने अवसर पाउनेछन् । डिशहोमले यो योजना ग्राहकसँगको सम्बन्ध अझ बलियो बनाउन र उनीहरूको निरन्तर समर्थनप्रति कृतज्ञता प्रकट गर्न ल्याएको हो ।

विजेताको घोषणा हरेक हप्ता शुक्रबार साँझ ५ बजे डिशहोमको आधिकारिक फेसबुक पेज र रमाइलो एचडि च्यानलमा गरिनेछ । शुक्रबार नभएमा आइतबार साँझ ५ बे गरिनेछ ।

नयाँ जडानका लागिः नजिकको डिशहोम डिलर वा फोनमा सम्पर्क गर्न सकिनेछ भने रिचार्जका लागिः खल्ती, ईसेवा वा माईडिशहोम एप प्रयोग गर्न डिशहोमले आग्रह गरेको छ ।

उपलब्ध वार्षिक प्याकेज भ्याटसहित १०० एमबिपिएस प्रतिवर्ष ८ हजार ५०० रुपैयाँ, २०० एमबिपिएस प्रतिवर्ष ११ हजार ५०० रुपैयाँ, ३०० एमबिपिएस प्रतिवर्ष १३ हजार ५५० रुपैयाँ, नयाँ जडानको लागि ११३० रुपैयाँ भ्याटसहित लाग्नेछ ।

डिशहोम सधैँ ग्राहकलाई उत्कृष्ट सेवा र थप मूल्य प्रदान गर्ने प्रतिबद्धतासाथ अघि बढ्दै आएको छ। ‘३६५ दिन बोनस’ योजना यसैको प्रमाण हो, जसले इन्टरनेट सेवाको मूल्य मात्र होइन, अनुभवलाई समेत समृद्ध बनाउनेछ ।