एनआईसी एशिया र एएसजीआई केयरबीच आँखाको उपचारमा सहकार्य, डिजिटल भुक्तानीमा १५% सम्म छुट


काठमाडौं
एनआईसी एशिया बैंक र एएसजीआई केयर एण्ड हेल्थ सर्भिस प्रा.लि. बीच आँखाको उपचार सेवामा छुट प्रदान गर्नेसम्बन्धी सहकार्य सम्झौता सम्पन्न भएको छ ।

सम्झौताअनुसार, एनआईसी एशिया बैंकका ग्राहकले एएसजीआई केयर एण्ड हेल्थ सर्भिसमा आँखासम्बन्धी विभिन्न सेवा लिँदा डिजिटल माध्यमबाट भुक्तानी गर्दा १५ प्रतिशतसम्मको छुट प्राप्त गर्न सक्नेछन् ।

साथै, १० हजार रुपियाँसम्मको सेवा शुल्कमा १५ प्रतिशत छुट, लेजर तथा शल्यक्रियाजस्ता विशेष उपचार सेवामा १० प्रतिशत छुट, र पहिलो पटक सेवा लिने ग्राहकलाई ओपीडी तथा दर्ता शुल्कमा पूर्ण छुट उपलब्ध गराइनेछ ।

ग्राहकले यो सुविधा लिन एनआईसी एशिया बैंकको डेबिट, क्रेडिट वा प्रिपेड कार्ड, वा मोबाइल बैंकिङ एपमार्फत भुक्तानी गर्नुपर्नेछ ।

बैंकले यो सहकार्यबाट ग्राहकलाई गुणस्तरीय स्वास्थ्य सेवा सहज रूपमा उपलब्ध गराउनुका साथै देशभर डिजिटल भुक्तानी प्रवद्र्धनमा टेवा पुग्ने विश्वास व्यक्त गरेको छ ।