सिद्धार्थ बैंकका ग्राहकलाई जावेद हबिब हेयर एण्ड ब्युटी सैलुनमा २५५ सम्मको छुट


काठमाडौँ
सिद्धार्थ बैंक लिमिटेडले आफ्ना ग्राहकलाई थप सुविधा प्रदान गर्न जावेद हबीब हेयर एण्ड ब्युटी सैलूनसँग साझेदारी गरेको छ । उक्त साझेदारिअनुसार, बैंकका डेबिट वा क्रेडिट कार्ड प्रयोगकर्ताले जावेद हबीब सैलूनमा सेवा लिँदा विशेष छुट प्राप्त गर्न सक्नेछन् ।

सम्झौताअनुसार, काठमाडौँको ठमेल स्थित छायाँ सेन्टरभित्र रहेको जावेद हबीब हेयर एण्ड ब्युटी सैलूनमा ग्राहकले डेबिट कार्ड प्रयोग गर्दा १५% छुट र क्रेडिट कार्ड प्रयोग गर्दा २५% सम्मको छुट पाउनेछन् ।

यो पहलबाट ग्राहकहरूलाई नगद कारोबारको सट्टा डिजिटल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन हुने विश्वास बैंकले लिएको छ । साथै, डिजिटल बैंकिङलाई प्रवद्र्धन गर्दै ग्राहकलाई सुविधाजनक सेवा प्रदान गर्नु नै यस कार्यक्रमको प्रमुख उद्देश्य हो ।

सम्बन्धित जानकारी वा थप सहयोगको लागि ग्राहकले सिद्धार्थ बैंकको २४ सै घण्टा सञ्चालनमा रहेको ‘सिद्धार्थ केयर’ सेवा केन्द्रमा सम्पर्क गर्न सक्नेछन् । सम्पर्कका लागि निम्न माध्यम प्रयोग गर्न सकिन्छ ।