महेश महतोलाई ’आन्त्रप्रेनर इन्जिनियर एक्सिलेन्स अवार्ड’


काठमाडौँ
कस्मिक इलेक्ट्रिकल लिमिटेडका अध्यक्ष तथा प्रबन्ध निर्देशक महेश महतो ‘आन्त्रप्रेनर इन्जिनियर एक्सिलेन्स अवार्ड’बाट सम्मानित हुनुभएको छ । नेपाल इन्जिनियर्स एसोसिएसन (एनईए)ले ६३औं इन्जिनियर्स डेको अवसरमा महतोलाई उक्त अवार्ड प्रदान गरेको हो ।


४५ हजारभन्दा बढी इन्जिनियरको प्रतिनिधित्व गर्ने राष्ट्रिय संस्था एनईएले महतोद्वारा प्रवद्र्धित इन्जिनियरिङ–आधारित उद्यमशीलता, दिगो पूर्वाधार विका र रोजगारी सृजनामा पुर्याएको योगदानको मूल्यांकन गर्दै उनलाई यो सम्मान प्रदान गरेको हो । उनको नेतृत्वमा रहेको कस्मिक इलेक्ट्रिकलले विद्युत् प्रसारण, ग्रामीण विद्युतीकरण तथा स्वच्छ ऊर्जा समाधानका क्षेत्रमा थुप्रै महत्त्वाकांक्षी परियोजना सम्पन्न गरिसकेको छ ।


महतोले सन् २०३५ सम्ममा ५ करोड मानिसलाई नवप्रवर्तन, विद्युतीकरण र अन्तरराष्ट्रिय साझेदारीमार्फत सशक्त बनाउने लक्ष्य लिएका छन् । ’यो सम्मान हामी सबैको साझा अभियानप्रति गरिएको मान्यता हो, जसको उद्देश्य इन्जिनियरिङ उत्कृष्टता र सामाजिक प्रभावमार्फत समृद्ध भविष्य निर्माण गर्नु हो,’ महतोले सम्मान ग्रहण गर्दै भन्नुभयो ।