बेष्ट फाइनान्सले ल्यायो ग्रीन सेभिङ्स डिपोजिट योजना


काठमाडौँ
बेष्ट फाइनान्स कम्पनी लिमिटेडले ग्रीन सेभिङ्स डिपोजिट योजना सार्वजनिक गरेको छ ।

जलवायु परिवर्तनले ल्याउने जोखिम न्यूनीकरण गर्न, प्राकृतिक स्रोतको संरक्षण र व्यवस्थापन र वातावरण प्रदुषणको रोकथाम तथा नियन्त्रण गर्ने उद्देश्यले नेपाल राष्ट्र बैंकले ‘नेपाल ग्रीन फाइनान्स ट्क्यासोनोमी, २०२४’ जारी गरेको थियो ।

उक्त मार्गदर्शनमा भएका व्यवस्था कार्यान्वयन गर्ने क्रममा ग्रीन फाइनान्सिङ्’का लागि स्रोत जुटाउने उद्देश्यले बेष्ट फाइनान्सले ‘ग्रीन सेभिङ्स डिपोजिट प्रडक्ट’ हालै ग्राहक माझ ल्याएको हो । यो निक्षेप योजनामा सहभागी हुने हरेक ग्राहकले ‘नेपाल ग्रीन फाइनान्स ट्क्यासोनोमी, २०२४’ ले राखेका लक्ष्य पूरा गर्ने कार्यमा स्वतः योगदान पु¥याउन पुग्दछन् । त्यसका लागि हरेक ग्राहकका तर्फबाट एक वटा बिरुवा रोपिदिने व्यवस्था बेष्ट फाइनान्सले मिलाएको छ ।

स्थानीय निकायसँग समन्वय गरी बिरुवा रोप्नका लागि खाली स्थान मिलाउने, बिरुवा रोप्ने, गोडमेल गर्ने तथा संरक्षण गर्ने र उक्त बिरुवा रोपेर हुक्र्याउने र ५ वर्ष पछि सम्बन्धित स्थानीय निकायलाई हस्तान्तरण गर्ने कार्यमा साझेदारी गर्नका लागि बेष्ट फाइनान्सले लायन्स अन्तराष्ट्रिय डिष्ट्रिक्ट ३२५ एस नेपालसँग साझेदारी गरेको छ ।

उक्त साझेदारी गर्ने सहमतिपत्रमा बेष्ट फाइनान्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत बीएन घर्ती र लायन्स अन्तराष्ट्रिय डिष्ट्रिक्ट ३२५ एस नेपाल (एरिया १ काठमाण्डौँ) को तर्फबाट एरिया चिफ कोअर्डिनेटर चिन्तन वज्राचार्यले हस्ताक्षर गरेका छन् ।