काठमाडौँ
समृद्धि फाइनान्स कम्पनी लिमिटेड र पोखरा फाइनान्स लिमिटेडबीच एकापसमा गाभ्ने गाभिने (मर्जर) सम्बन्धी सम्झौंता भएको छ । आइतबार पोखराको होटल ल्याण्डमार्क लेक साईड पोखरामा समृद्धि र पोखराबीच एकापसमा गाभ्ने गाभिने (मर्जर) सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर हो ।
सम्झौंताअनुसार मर्जरको लागि समृद्धि फाइनान्सको एक शेयर बराबर पोखरा फाइनान्स लिमिटेडको एक शेयरको स्वाप अनुपात, मर्जर पश्चात संस्थाको नाम पोखरा फाइनान्स लिमिटेड कायम रहने, वित्तीय संस्थाको अध्यक्ष समृद्धि फाइनान्स कम्पनी लिमिटेडबाट रहने एवं सञ्चालक समितिमा समृद्धि फाइनान्स कम्पनी लिमिटेडबाट अध्यक्ष सहित चार जना र पोखरा फाइनान्सबाट तीन जना रहने छन् ।
वित्तीय संस्थाको केन्द्रीय कार्यालय काठमाण्डौमा रहने गरी दुई संस्था वीच एकापसमा गाभ्ने गाभिने (मर्जर)मा सहमत भई समझदारी पत्रमा समृद्धि फाइनान्स कम्पनी लिमिटेडक तर्फबाट मर्जर समितिका संयोजक सुदीप घिमिरे र पोखरा फाइनान्स लिमिटेडका तर्फबाट मर्जर समितिका संयोजक तिलबहादुर गुरुङ्गले संयुक्त रुपमा हस्ताक्षर गरेका हुन । यो समझदारीले वित्तीय संस्था एउटा सबल, सक्षम र उत्कृष्ट वित्तीय संस्था बन्ने अपेक्षा राखिएको छ ।
बैंक तथा वित्तीय संस्थालाई एकापसमा गाभ्न गाभिन प्रोत्साहित गर्ने केन्द्रीय बैंकको नीतिगत ब्यवस्थालाई दुई वित्तीय संस्थाको गाभ्ने गाभिने (मर्जरमा) सहभागी हुने निर्णयले थप बल पुगेको महशुस गरिन्छ ।
साथै दुई वित्तीय संस्थाको संस्थापक शेयर होल्डरहरु, साधारण शेयरधनीहरुको सुरक्षा, हित र समग्र मुलुकको आर्थिक तथा वित्तीय अवस्थामा सुधार आउने अपेक्षा गरिएको छ ।











प्रतिक्रिया