काठमाडौँ
नेपालको निर्जिवन बीमा कम्पनी मध्ये नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडले उत्कृष्ट वार्षिक प्रतिवेदन तयार गरेवापत नेसनल बेष्ट प्रेसिडेन्ट एनुअल रिपोर्ट अवार्ड २०२४का लागि सम्मानित भएको छ । कम्पनी गोल्ड अवार्डबाट सम्मानित भएको हो ।
इन्स्टिच्युट अफ चार्टड एकाउन्टेट अफ नेपाल (आईक्यान)द्धारा मिति २०८२ साल श्रावण २ गते शुक्रवार होटल र्याडिसनमा आयोजित समारोहमा कम्पनीलाई गोल्ड अवार्डले सम्मान गरेको हो ।
उक्त समारोहमा प्रमुख अतिथि महालेखापरीक्षक माननीय तोयम रायले कम्पनीका प्रमुख कार्यकारी अधिकृत वीरकृष्ण महर्जनलाई उक्त सम्मान पत्र प्रदान गर्नुभयो ।











प्रतिक्रिया