काठमाडौं
नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आईक्यान) द्वारा आयोजना गरिएको “राष्ट्रिय उत्कृष्ट वार्षिक प्रतिवेदन पुरस्कार (बीपीए) २०२४” वितरण समारोहमा कृषि विकास बैंक लिमिटेडले सार्वजनिक क्षेत्र बैंकिङ संस्था श्रेणी अन्तर्गत सिल्भर अवार्ड (रजत पुरस्कार) प्राप्त गर्न सफल भएको छ ।
उक्त पुरस्कार दक्षिण एशियाली लेखापाल महासंघ (साफा) अन्तर्गतको आइट्यागद्वारा तय गरिएको साफा (आइट्याग)बीपीए मूल्यांकन निर्देशिका २०२४ को आधारमा प्रदान गरिएको हो । मूल्यांकनका क्रममा वार्षिक प्रतिवेदनको पारदर्शिता, लेखा विवरणको स्पष्टता, संस्थागत सुशासन, सामाजिक उत्तरदायित्व तथा दिगोपनाका मापदण्डलाई मुख्य आधार बनाइएको थियो ।
यस अवार्डको प्राप्तिले बैंकको वित्तीय अनुशासन, पारदर्शिता तथा सुशासनप्रतिको उच्च प्रतिबद्धतालाई स्पष्ट रूपमा प्रतिबिम्बित गरेको छ । बैंकले यस्ता मापदण्डको निरन्तर पालना गर्दै आगामी दिनमा अझ उत्कृष्ट र गुणस्तरीय वार्षिक प्रतिवेदन प्रस्तुत गर्ने लक्ष्य लिएको छ ।
नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आईक्यान)ले प्रत्येक वर्ष आयोजना गर्दै आएको बीपीए पुरस्कार कार्यक्रमले सार्वजनिक तथा निजी क्षेत्रका विभिन्न संस्थालाई वित्तीय पारदर्शिता, जवाफदेहिता र संस्थागत सुशासनप्रति थप प्रतिबद्ध हुन प्रेरित गर्दै आएको छ ।











प्रतिक्रिया